समृद्ध प्रदेश र सुखी नागरिक बनाएरै छाड्छु– मुख्यमन्त्री गुरुङ

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७६
p 05

पोखरा, ५ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध प्रदेश निर्माण गर्ने लक्ष्यसहित प्रदेश सरकार कम्मरकसेर अगाडि वढ्ने बताएका छन् ।

प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशद्वारा आइतवार आयोजित गण्डकी प्रदेशको प्रथम पञ्चबर्षीय योजनाको आधारपत्र सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री गुरुङले भने –एक वर्षे अवधिमा नीति नियम निर्माण, कर्मचारी समायोजन तथा प्राबिधिक कारणले कूल बजेटको पूँजीगत र चालूगरी ६६ प्रतिशत मात्र खर्च हुन सक्यो ।

यसै आर्थिक बर्षदेखि द्रूत गतिमा विकास र अन्य निर्माण योजना अगाडि वढेको छ, यही श्रावण एक गतेदेखि नै विकास निर्माण र अन्य निर्माण कार्यलाई द्रूर्त गतिमा अगाडि वढाउन आफूले निर्देशन गरेको र एक बर्षपछि कुल बजेटको ९५ प्रतिशत भन्दा वढी खर्च भएका देख्नुहुने छ, मुख्यमन्त्री गुरुङले भने ।

बजेट अहिले खर्च भएको प्रतिशत भन्दा केही वढी हुने थियो तर ठेक्का लगाउने समयमा निर्माण व्यवसायीको आन्दोलन भएका कारण केही ठेक्कापट्टा रोकिन पुगे, मुख्यमन्त्री गुरुङले भने– अन्य ६ प्रदेशको तुलनामा गण्डकी प्रदेशले धेरै राम्रा काम गरेको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१ सम्मको लागि राष्ट्रिय आकांक्षा समृद्ध नेपाल सुखी नेपाली को सपना पुरा गर्ने उदेश्य सहित गण्डकी प्रदेशले आफ्ना काम अगाडि वढाएको मुख्यमनत्री गुरुङले बताए ।

गण्डकी प्रदेशको समग्र विकासको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्षका सूचकहरु निर्धारण गरिएका छन् ती सूचक पुरागर्ने प्रतिवद्धता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले आर्थिक र सामाजिक क्षेत्रका सूचकहरु सुधारोन्मुख रहेको दावी गरे ।

वार्षिक औषत १० प्रतिशतभन्दा वढीको आर्थिकवृद्धि हासिल गर्ने र वि.स. २१०० सम्ममा विकसित राष्ट्रसरहको उच्च आय भएको समृद्ध प्रदेश निर्माण गर्ने लक्ष्यसहित आधारपत्र तयार पारेको उनले बताए ।

गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गर्दै प्रदेश् नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष गिरिधारी शर्माले आधारपत्र विज्ञसहित जनसहभागितामूलक योजना तर्जुमा पद्धति अपनाई तयार गरिएको जानकारी दिए ।

समावेशी आर्थिक वृद्धि, गरिबी निवारण, स्थानीय उत्पादन, पर्यटन क्षेत्रको विस्तार, कृषिमा आधुनिकीकरण, व्यवसायीकरण,, यान्त्रिकीकरण, जल, वायु र सौर्य उर्जा, प्रयोग, निकासी, औद्योगिकीकरण, गुणस्तरीय भौतिक पूर्वाधारको निर्माण, प्राविधिक र व्यवसायिक शिक्षाको विस्तार, गुणस्तर, स्वास्थ्यसेवाको सुदृढिकरण, सुशासन लगायतको लक्ष्य प्राप्त गर्न प्रदेश सरकारले काम गर्ने शर्माले बताए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width