पोखरा–१७, बिरौटास्थित सारथि बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय उद्घाटन तथा प्रारम्भिक साधारणसभा शनिबार सम्पन्न भएको छ।
प्रमुख अतिथि गरिमा विकास बैंक अध्यक्ष उद्योगपति चन्द्रकान्त बरालले कार्यालय उद्घाटन गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका सहकारी शाखा दर्ता अधिकारी गंगालाल सुवेदी, कानूनी सल्लाहकार शुकदेव गौतम, शेयर सदस्य युवक लामिछाने, ईश्वरी ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तदर्थ समिति अध्यक्ष तारानाथ पौडेलले प्रस्तुत गरेको ०७५/०७६ को प्रतिवेदन सर्वसम्मत पारित गरिएको छ । सहकारी अध्यक्षमा तारानाथ पौडेल, उपाध्यक्ष रामप्रसाद सापकोटा, सचिव नारायणदत्त सुवेदी, कोषाध्यक्ष हर्कबहादुर रेग्मी, सदस्यमा अनन्तराज लम्साल, मीनादेवी बराल रेग्मी, गुरुप्रसाद शर्मा, भुवानीप्रसाद भट्टराई, देवीप्रसाद बस्याल, रेखादेवी पौडेल बराल, हरिप्रसाद सुवेदी छन्।
त्यस्तै, लेखा उपसमिति संयोजक पवित्रा रेग्मी थापा सदस्यमा सूर्यप्रसाद पौडेल र ठाकुरप्रसाद पौडेल छन्। ऋण उपसमितिमा संयोजक नारायणदत्त सुवेदी सदस्यमा रामचन्द्र पौडेल र द्रोणराज महत छन्। त्यसैगरी शिक्षा उप–समितिमा संयोजक नरनाथ बराल सदस्यमा भक्तराज सुवेदी, तीर्थकुमारी क्षेत्री र दयाराम उपाध्याय छन्।
बचत परिचालन उप–समिति संयोजकमा कृष्णप्रसाद ढकाल सदस्यमा दुर्गादेवी शर्मा र सीता सुवेदी छन् । संयोजक जानुका शर्मा एवं सदस्य पदमप्रसाद सुवेदी र राजेन्द्र लम्साल रहेको निर्वाचन समितिले सर्वसम्मत चयन गरेको हो।
तदर्थ समिति अध्यक्ष तारानाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष नारायणदत्त सुवेदीले स्वागत र सचिव रामप्रसाद सापकोटाले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१