रवीन्द्र प्रतिष्ठान दलको भातृ संगठन नबनाउँ

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७६
IMG_0280

पोखरा, ४ साउन । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई राजनीतिक दलको भातृ संगठनको रुपमा सञ्च्ँँलन गर्न नहुने सरोकारवालाले जोड दिएका छन् ।

पोखरामा शनिबार बसेको प्रतिष्ठान सल्लाहकार परिषदको वैठकमा वोल्दैै सदस्यहरुले यसलाई बृहत परिधिमा लैजानुपर्ने बताएका छन । प्रतिष्ठान सल्लाहकार एवंम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिष्ठानलाई पार्टीको भातृ संस्था जस्तोगरी सञ्चालन गर्न नहुने बताए ।

प्रतिष्ठानलाई आर्थिक, समाजिक र राजनीतिक क्षेत्रमा निश्चित कार्यक्षेत्र तोकेर अगाडि बढ्न उनले सुझाव दिए । “कहिलेकाही कम्युनिष्ट राजनीतिको बारेमा अन्तरक्रिया गर्ने होला, कहिले युवालाई स्वरोजगार मुलक तालिम दिनुपर्ने होला” उनले भने “तर हिजोको गुट चलाएजस्तो रवीन्द्र प्रतिष्ठान चलाउनु हुदैन ।” उनले भने ।

प्रतिष्ठानका सल्लाहकार एवंम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रतिष्ठानले तत्काल गर्ने काम भन्दा भविष्य कस्तो हुन्छ, त्यो महत्वपूर्ण हुने बताए । नेकपा स्थायी समिति सदस्य सोमनाथ प्यासीले वैचारिक क्षेत्र प्रतिष्ठानको मुख्य क्षेत्र हुनुपर्नेमा जोड दिए । स्वार्गीय अधिकारी वैचारिक नेता भएकाले भविष्यमा विचार विमर्शको थलो प्रतिष्ठान हुनुपर्ने उनले बताए ।

संघीय सांसद खगराज अधिकारीले प्रतिष्ठान पूर्णतय पार्टीको अधिनमा हुनुपर्ने बताए । उनले स्वर्गीय अधिकारीले पार्टीमै जीवन समर्पण गरेकाले पार्टी भन्दा बाहिर रहेको प्रतिष्ठान कल्पना गर्न नसकिने बताए ।

कार्यक्रममा व्यावसायी आनन्द बतास र गणेशबहादुर श्रेष्ठले पार्टीभन्दा बाहिर रहेका स्वर्गीय अधिकारीका शुभचिन्तकले प्रतिष्ठानमा रहेर काम गर्न पाउनुपर्ने बताएका थिए । रवीन्द्र अधिकारी प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराई अधिकारीले सवै क्षेत्रबाट प्रतिष्ठानमा बसेर काम गर्ने पाउनुपर्ने आग्रह आइरहेकाले सवैलाई समेट्ने प्रयास आफुहरुको हुने बताइन् ।

व्यावसायी बतासले आफ्नो र अटोवेज प्रालिका प्रमुख नारायाण पौडैलको तर्फबाट प्रतिष्ठानलाई पाँच/पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । हाललाई प्रतिष्ठानको केन्दी्रय कार्यलाय पोखरा र काठमाडौमा सम्पर्क कार्यलाय राखिने प्रतिष्ठानले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width