पुलिस र ब्रिगेड ललित स्मृति फुटबलको फाइनल भिड्दै

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७६
Lalit Football

पोखरा । विभागीय टिम नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोमा भएको पहिलो सेमीफाइनल खेलमा मनाङ मस्र्याङ्दीलाई ७–१ ले हराउँदै ब्रिगेड ब्वाइज फाइनल पुगेको हो । त्यस्तै दोस्रो सेमीफाइनलमा जावलाखेल युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।

ब्रिगेड ब्वाइज क्लब साविक विजेता समेत हो । जितसँगै ब्रिगेड लगातार दोस्रो पटक उपाधि नजिक पुगेको छ । जावलाखेललाई हराएसँगै पुलिस पहिलो पटक यस प्रतियोगिताको फाइनलमा पुगेको छ । फाइनल खेल आइतबार हुनेछ ।

एन्फा कम्प्लेक्समा पुलिसलाई जित दिलाउन सन्जु सेनले दुई गोल गरे । रविन राईले एक गोल गरे । जावलाखेलका लागि शिर्षकभक्त श्रेष्ठले एक गोल फर्काए । निकै रोमान्चक बनेको खेलमा पुलिसका रविनले उत्कृष्ट खेल प्रदर्शन गरे । एक गोल गरेका उनले एक गोलमा क्रस मिलाएका थिए ।

खेलमा सुरुवाती अग्रता पनि पुलिसले बनाएको थियो । खेलको २८ औं मिनेटमा रविनले मिलाएको बलमा सन्जुले चिप गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

तर, पुलिसविरुद्ध जावलाखेल पहिलो हाफमै खेलमा फर्कियो । जावलाखेलका शिर्षकले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । जावलाखेलका कप्तान साचु गुरुङलाई पुलिसका सन्दिप राईले डिबक्सभित्र फल गरेपछि जावलाखेलले पेनाल्टी पाएको थियो ।

लगत्तै पुलिसले खेलको इन्जुरी समयमा गोल गर्दै खेलमा पुनः २–१ को अग्रता बनायो । मन्जिल राईले डिबक्स भित्रबाट उपलब्ध गराएको क्रस बलमा सन्जुले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८९ औं मिनेटमा रविनले गोल गर्दै पुलिसलाई ३–१ को जित दिलाए । उनले काउन्टरमा गोल गरेका थिए । समूह चरणको खेलमा पनि पुलिसले जावलाखेललाई २–१ गोल अन्तरले हराएको थियो ।

यसअघि, एन्फा कम्प्लेक्समा ब्रिगेडलाई जित दिलाउन रेजिन सुब्बाले ह्याट्रिक गरे । यस्तै, शिशिर लेखीले २ गोल गर्दा जय गुरुङ र बृजेश चौधरीले समान एक/एक गोल गरे । मनाङका सचिन गुरुङले एकमात्र शान्तवना गोल फर्काए ।

एन्फाका पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width