पोखरा खेलकुदको राजधानी : मुख्यमन्त्री गुरुङ

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७६
Gym Town Mukhyamantri

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा पर्यटनको मात्रै नभएर खेलकुदको पनि राजधानी हुन सक्ने दाबी गरेका छन् ।

पोखराको बगरमा संचालनमा आएको जिम टाउन स्पोर्ट्स एकेडेमीको उदघाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले व्यायामशाला टोल टोलमा हुनुपर्ने कुरामा समेत जोड दिए । मुख्यमन्त्री गुरुङले भने, ‘मान्छे स्वास्थ्य हुनको लागि ब्यामशाला आबश्यक छ ।’

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले आफू क्षेत्रीय खेलकुद विकास समितिको सभापति हुँदा मात्रै जिम हाउसको महत्व बुझेको बताए । उनले सवै खेलाडीलाई जिम हाउस अति आबश्यक भएको उल्लेख गरे ।

गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले आफू ६० बर्षको उमेरमा पनि जिम हाउस जाने गरेको बताए । सवैको लागि जिम हाउस आबश्यक भएको बताउँदै सांसद थापाले जिमको क्षेत्र विस्तार गर्न सञ्चालकहरुलाई सुझाब दिए ।

शारिरीक सुगठन र व्यायाममा चाहना राख्नेहरुका लागि फिजिकल फिट्नेश र बडी बिल्डिङका (यन्त्र जडित) सहितको सामग्रीहरुलाई अफरसहित व्यायामशालाको रुपमा स्पोर्ट्स एकेडेमी संचालनमा ल्याइएको संचालक बलराम सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार विशेषगरी पृथ्वीनारायण क्याम्पस, बाटुलेचौर र लामाचौर क्षेत्रका युवाहरुलाई लक्षित गरेर पोखराको बगरमा जिम सेन्टर संचालनमा ल्याएको हो । अमेरिकन फिट एण्ड स्ट्रङ कम्पनीमा निर्मित यान्त्रिक मेशिनहरुलाई जिम सेन्टरमा राखिएको संचालक नविन आचार्यले जानकारी दिए ।

२ करोड लगानीमा जिम सेन्टरलाई संचालनमा ल्याइएको हो । आचार्यले पोखरामै नयाँ मेशिन भित्राइएको दावी समेत गररे । शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न साथै ब्लड प्रेसर, माइग्रेन्ट रोगलाई व्यायाममार्फत कम गर्नका लागि व्यायामशालाबाट आवश्यक सेवा सुविधा उपलब्ध गराउने संचालक गोविन्द मल्लले जानकारी दिए ।

मल्लका अनुसार व्यायामशालामा एअर कण्डिसन, तातोपानी र पार्किङको उपलब्ध छ । मासिक ३ हजार, १५ सय भर्ना शुल्कसहित व्यायामशालामा १० जना प्रशिक्षकहरु रहने संचालक अर्का संचालक वामदेव सुवेदीले बताउनुभयो ।

उनका अनुसार विहान ५ बजेदेखि बेलुकी ९ बजेसम्म व्यायामशाला खुल्ला रहनेछ । एकै पटक १ सय ५० जनासम्मले व्यायाम गर्न सक्नेछन् । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भिआईपी कार्ड अर्पण गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width