छविराज–शिल्पा विवाद चुलिदो

आदर्श समाज संवाददाता
श्रावण १, २०७६
Chhabi Raj & Shilpa

पोखरा । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको विवाद थप चुलिएको छ ।

दुबैको विवाद अझै नसुल्भिएको उनीहरुले मिडियामा दिइरहेको प्रतिक्रियाबाट अनुमान लगाउन सकिन्छ । यतिसम्मकी, अभिनेत्री शिल्पा डिभोर्स मुद्दा लिएर अदालतसम्म पुगेको मिडियाहरुमा समाचार छ ।

आफू घरेलु हिंसामा परेको भन्दै शिल्पाले गत साता छविविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएकी थिइन् । सो क्रममा छविले माफी समेत मागेका थिए । शिल्पाले अब आफू अदालत जाने बताएकी थिइन् ।

त्यसको केही दिनपछि शिल्पाले अदालतमा मुद्दा दर्ता गर्ने विषयमा वकिलसँग छलफल गरिरहेको चाल पाएपछि छविले फेसबुकमा उनको नाममा एउटा स्टाटस राखेका छन् ।

विवादकै बीचबाट छवि ओझाले आफ्नो फेसबुकमा लेखेका छन् ‘यदि तपाईं मेरो बूढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने म पनि गान्धीवादी बनेर बस्न सक्छु ।’

छविले फेसबुक स्टाटसमा शिल्पाका लागि आफ्नो घरको ढोका सधैँ खुला रहेको बताएका छन् । आफूले शिल्पालाई ३ दिनदेखि फोन गरेको बताउँदै उनले लेखेका छन्, ‘म फेरि पनि भन्दैछु, संसारको कुनै पनि अदालतमा जानु पर्दैन । छवि ओझाको अदालतमा सिधै आउनुस, तपाईंले न्याय पाउनु हुन्छ।’

उता नायिका शिल्पा पोख्रेलले भने अन्याय सहेर बस्न नसक्ने र आफूलाई आदलतले न्याय दिने बताउँदै आएकी छन् ।

छविराजले आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,

शिल्पा जि,

मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं िछातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ? यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस । मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ ।
शुभरात्री ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width