३४ दिनपछि गल्यो बुटवल उपमहानगरपालिका

घर घडेरी दिने लिखित सहमतिपछि अनसन टुङिगो

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७६
pic samjhuta aa

बुटवल, १ साउन । स्थानीय सरकारले घरमा डोजर लगाएपछि अनसन वसेका बुटवल उपमहानगर पालिका– १ का १६ घरपरिवारले घर÷जग्गा पाउने भएका छन् ।

बुटवल उपमहानगरपालिकाले उनीहरुलाई एक वर्ष भित्र घर अथवा ५ धुर जग्गा दिने सहमति जनाएपछि ३४ दिनदेखिको अनसन तोडिएको छ । मंगलबार साझ बुटवल उपमहानगरपालिकाले गठन गरेको वार्ता समिति र आन्दोलनरत पक्षबीच भएको वार्ताबाट आन्दोलन तोडिएको हो । उपमहानगरपालिकामन प्रवक्ता एवं वडा नंं. १६ का अध्यक्ष रामप्रसाद रेग्मीको संयोजकत्वमा छानवीन समिति बनाएको थियो । समितिले विकल्प सहित वार्ता गरेपछि उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् ।

चार सदस्यीय छानबिन समितिले स्थानीय बासिन्दा, राजनीतिक दल लगायतसंग छलफल र अध्ययन गर्दा त्यहाँ बसेका १६ परिवार अन्यायमा परेका ठहर गर्दै उनीहरुलाई एक वर्षभित्र बसोबासको व्यवस्था मिलाउने प्रतिवद्धतासहित दुबै पक्षबीच सहमतिपत्रमा हस्ताक्षर भएपछि अनसन फिर्ता भएको हो ।

बुटवल उपमहानगरले तत्कालीन श्री ३ बडामहारानीको जग्गामा बसेको वस्तीमा डोजर चलाएर त्यस जगामा रंगशाला निर्माण गर्न शुरु गरेपछि त्यहाँ बस्दै आएका स्थानीयले अनशन शुरु गरेका हुन् ।

बुटवल–१ जामे मस्जिद अगाडि तत्कालीन श्री ३ बडामहारानीको साविक बिटौरी कित्ता नंं ८३ को २ कठ्ठा जग्गामा २०२८ सालदेखि उनीहरु बस्दै आएका थिए । सहमति अनुसार बुटवल उपमहानगरपालिकाले विस्थापित १६ परिवारलाई एक वर्षभित्र जनता आवास कार्यक्रम अन्तर्गत एक/एक वटा घर उपलव्ध गराउने छ । त्यो सम्भव नभए सोही अवधिमै वडा नंं १ देखि १३ भित्र कम्तीमा ५ धुर जग्गा दिने लिखित प्रतिवद्धता छ । साथै १६ परिवारलाई २५ हजार रुपैयाका दरले तत्काल राहत रकम पनि प्रदान गरिएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, समाजवादी पार्टी लगायतले विस्थापितलाई विकल्प दिन माग गरेका थिए, भने मानवअधिकार कर्मी र संभचारकर्मीले पनि उक्त मुद्दालाई प्रथामिकता दिर्दै आएका थिए ।
सहमतिपत्रमा उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मी र अनसनरत विस्थापित परिवारका तर्फबाट हरिबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् । उपमहानगरका तर्फबाट संयोजक रेग्मी, वडा नंं १३ का वडाअध्यक्ष नारायण पुन,सदस्यहरु उप महानगरका वरिष्ठ अधिकृत विष्णु खनाल, स्थानीय केडी खानले घरवास नभएकालाई आवासको व्यवस्था गर्नु सरकारको दायित्व भएको भन्दै घर वा घडेरीको व्यवस्था गर्नेमा आश्वस्त पारेका थिए ।

विस्थापितका तर्फबाट हरिबहादुर विश्वकर्माले एक वर्षभित्र आवास वा घडेरी नभए पुनः आन्दोलन गर्ने बताए । उनले वर्षादको समयमा आफुहरुले निकै दुख व्यहोरेको भन्दै ठिलो भएपनि नगरपालिकाले गल्ती स्वीकार गरेको बताए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width