प्रहरी पक्रदै, अदालत छाड्दै

आदर्श समाज सम्वाददाता
असार ३१, २०७६
4 arrested (1)

तनहुँ, ३१ असार । तनहुँ जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएका नेकपा बिप्लव समुहका ४ नेतालाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार तनहुँ जिल्ला अदालत परिसरबाटै बिप्लब समुहका जंङ्ग बहादुर भण्डारी (आक्रोस),सन्तोस परियार (परिर्वतन), मिलन राई र काजी गुरुङ्गलाई राजद्रोहको अभियोग लगाउँदै पुनः पक्राउ गरेको हो ।

पक्राउ परेका भण्डारी कास्की जिल्ला सेकेटरी हुन । मिलन राई अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य, काजी गुरुङ्ग अखिल क्रान्तिकारीको कास्की जिल्ला अध्यक्ष र सन्तोष परियार कार्यकर्ता हुन । जेठ २५ गते कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट पक्राउ परेका उनीहरुलाई असार ३ गते उच्च अदालत पोखराले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाई गर्दै रिहा गर्न आदेश दिएको थियो । रातभर अदालत परिसरमा बसेका उनीहरुलाई प्रहरीले असार ४ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तनहुँलाई बुझाएको थियो ।

राजनीतिक आस्थाकै आधारमा अदालतको आदेश बिपरित प्रहरीले पक्राउ गरेर आफूहरुलाई बारम्बार दुख दिने काम गरेको मिलन राईले बताए । सोमबार तनहुँ जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका उनीहरुलाई पुनः प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय स्याड्जाको पत्रअनुसा राजद्रोह मुद्दामा उनीहरुलाई पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अदालतले रिहा गर्नु र प्रहरीले बारम्बार पक्राउ गर्ने कार्य मानवअधिकार बिरोधी कार्य भएको इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले बताए ।

Related News

सम्बन्धित समाचार

  • एमाले अन्नपूर्णको अधिवेशन

    आदर्श समाज सम्वाददाता जेठ ३१, २०८१
    पोखरा । नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिकाको दोस्रो अधिवेशन बुधबारदेखि सुरु भएको छ । अधिवेशन उद्घाटन गर्दै एमाले स्थायी कमिटी सदस्य खगराज…
  • गण्डकीको नीति तथा कार्यक्रम आज

    आदर्श समाज सम्वाददाता जेठ २९, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम मंगलबार ल्याउँदै छ । अहिले २ मन्त्रीको शपथ…
  • एमाले माछापुच्छ्रेमा विक्रम

    आदर्श समाज सम्वाददाता जेठ २९, २०८१
    पोखरा । माछापुच्छ्रे गाउँपालिकाको दोस्रो अधिवेशनबाट विक्रम गुरुङ अध्यक्षतामा दोहोरिएका छन् । ३ दिनसम्म चलेको अधिवेशनले उपाध्यक्षमा पूर्णबहादुर शाही (नवराज),…
  • संसद बैठक सुरु, मुख्यमन्त्री पाण्डेले राखे विश्वासको मतको प्रस्ताव

    आदर्श समाज सम्वाददाता जेठ २८, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मतका लागि संसदमा प्रस्ताव पेस गरेका छन् । सोमबार दिउँसोदेखि सुरु भएको…
  • संशयबीच विश्वासको मत लिँदै मुख्यमन्त्री पाण्डे

    आदर्श समाज सम्वाददाता जेठ २८, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत लिँदै छन् । त्यसका लागि ३ बजे बैठक डाकिएको छ…

hero news full width