गण्डकीको दुबै भलिबल टोली राष्ट्रपति कपको फाइनलमा

आदर्श समाज संवाददाता
असार ३०, २०७६
VolleyBall, Gandaki

पोखरा । गण्डकी प्रदेशका दुवै टोली (महिला र पुरुष) राजधानीमा जारी ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भलिबलतर्फ उपाधि नजिक पुगेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सोमबार भएको महिलातर्फको सेमिफाइनलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि २–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । गण्डकीले सुदूरमाथि २६–२४ र २५–१७ को सहज जित निकाल्न सफल रह्यो ।

गण्डकीले अब उपाधिका लागि प्रदेश ५ सँग फाइनल खेल्नेछ । अर्काे सेमिफाइनलमा प्रदेश ५ ले प्रदेश १ लाई पराजित गर्दै फाइनलमा गण्डकीसँगको भेट पक्का ग¥यो ।

पुरुषतर्फ गण्डकीले प्रदेश ५ लाई २–१ को सेटमा पराजित गर्दै फाइनलको यात्रा तय ग¥यो । गण्डकीले पहिलो सेट २५–२२ ले सहजै आफ्नो बनाएको थियो । दोस्रो सेटमा पनि एक समय ५ अंकको अग्रता लिएको गण्डकीले लगतार अंक गुमाउन पुग्दा गण्डकी २५–२७ ले पछि परेको थियो । तर, निर्णायक सेटमा गण्डकीले प्रदेश ५ माथि २५–१२ को सहज जित निकाल्यो ।

गण्डकीको पुरुष टिमले उपाधिका लागि सुदूरपश्चिममाथि फाइनल खेल्नेछ । दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ माथि २–० को सहज जित हात पार्दै फाइनलमा गण्डकीसँगको भेट पक्का गरेको हो । सुदुरपश्चिमले प्रदेश १ लाई २५–२२ र २५–२१ ले हरायो ।

फाइनल खेल मंगलबार हुनेछ । भलिबलमा चार प्रदेशबाट छात्ररछात्राको टिमले सहभागिता जनाएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width