रनिङ शिल्डको उपाधि न्यू वेष्ट पोइन्टलाई

आदर्श समाज सम्वाददाता
असार २६, २०७६
presedent cup

म्याग्दी,२६ असार । म्याग्दी सदरमुकाम बेनीमा दुई दिनसम्म संचालित विद्यालय स्तरीय पाँचौ ‘राष्ट्रपति रनिङ शिल्ड’ को उपाधि न्यू वेष्ट पोइन्टले हात पारेको छ ।

बुधबार बेनीमा सम्पन्न प्रतियोगिताको अन्तिम फाइनल खेलमा १३ स्वर्ण, ११ कास्य र ३ रजत पदकसहित न्यू वेष्ट पोईन्ट आवसीय माध्यामिक विद्यालयले उपाधि चुम्न सफल भएको हो ।

प्रतियोगितामा १० स्वर्ण, ९ कास्य र २ रजत पदक हात पारेको माउण्ट एभरेष्ट आवसीय मावि उपविजेता बनेको छ । सामुदायिक विद्यालयबाट प्रकाश माविले ७ स्वर्ण, २ कास्य र १ रजत पदक सहित तेस्रो हासिल गरेको छ ।

वेष्टपोईन्टका ईश्वर सेन्चुरी ४ स्वर्ण र सोही विद्यालयकी आईशा केसीले ३ स्वर्ण १ कास्य सहित जितेर प्रतियोगिताका उत्कृष्ट खेलाडी बने । संघीय संरचना अनुसार नगर र गाउँपालिकास्तरमा संञ्चालन गरिएको प्रतियोगिताबाट पहिलो र दोस्रो भएका विद्यालय र खेलाडीबीच जिल्ला तहमा प्रतिस्पर्धा गराईएको हो ।

भलिवल खेलमा छात्रा तर्फ बेनी नगरपालिकाको माउण्ट एभरेष्ट आवसीय माविलाई ३–१ सेटमा पराजित गरी अन्नपूर्ण गाउँपालिकाको ज्ञानप्रकाश मावि पहिलो भएको छ । त्यसैगरी छात्र भलिवल तर्फ मंगला गाउँपालिकाको मंगला माविलाई ३–१ सेटमा पराजित गरी बेनीको माउण्ट एभरेष्ट आवसीय मावि प्रथम हुन सफल भएको भलिबल प्रशिक्षक तेजिन्द्र बानियाँले जानकारी दिए ।

प्रतियोगितामा छात्र र छात्रा भलिवल, एथलेटिक्स तर्फका छात्र/छात्रा एक, दुई, चार, आठ सय र पाँच हजार मिटर दौड, एक/एक तथा चार/चार रिले दौड, सटफुट, हाईजम्प, लङ्गजम्प, ट्रिपलजम्प र मार्सल आर्टसका विभिन्न खेल समावेश थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने बिद्यालयले क्रमश शिल्ड, प्रमाण–पत्र, मेडल र नगद १५ हजार, १२ हजार र ९ हजार नगद हात पारेका छन् ।

प्रतितियोगितामा विजेता र उपविजेता टिमलाई प्रदेश सभा सदस्य विनोद केसीले बधाई दिएका थिए ।सांसद केसीले प्रतियोगिताले विद्यालय स्तरमा लुकेर रहेको प्रतिभा उजागर गर्नमा मदत पुगेको बताए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले प्रतियोगितामा छनौट भएका विद्यालयले पोखरामा हुने गण्डकी प्रदेशस्तरीय खेलकुदमा सहभागी हुने जानकारी दिए । बर्षातको समयमा विद्यालय बन्द भएको तथा हतारमा प्रतियोगिता संचालन गरेकाले नगर र गाउँपालिका स्तरमा भएको प्रतियोगिताको सबै विधाका विजेता र उपविजेता टिमले सहभागिता जनाउन नसकेको अध्यक्ष विश्वकर्माको भनाई छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width