लमजुङ, २६ असार । लमजुङको बेसीशहरमा अपाङ्गताबारेमा अभिमुखीकरण गरिएको छ । अपाङ्ग संरक्षण समाजको आयोजनामा अपाङ्गता भएका व्यक्ति र तिनका परिवारका सदस्यका बीचमा सो अभिमुखीकरण गरिएको हो ।
‘मलाई समावेस गर, मलाई गणना गर’ भन्ने नाराका साथ अयोजना गरिएको सो अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका निवर्तमान अध्यक्ष सुदर्शन सुवेदी, राष्ट्रिय अपाङ्ग महासंघका संघीय सदस्य चन्द्रकान्त पौडेल, नेत्रहीन संघका जिल्ला अध्यक्ष विष्णु पोखरेले प्रशिक्षण दिएका थिए ।
सुवेदीले सैद्धान्तिक र व्यवहारिक रूपमा प्रशिक्षण दिनु भएको थियो । उनले अपाङ्गका मुद्दा र पैरवी गर्ने तौरतारीकको बारेमा प्रकाश पारेका थिए । त्यस्तै, संविधान प्रदत्त अधिकारका बारेमा उनले प्रष्ट्याए । आरक्षण सहित अपाङ्गता भएका व्यक्तिले पाउने सुविधाका बारेमा प्रकाश पार्दै सुवेदीले मुलुकमा व्यवस्था, राज्य सञ्चालन संविधान र पात्र फेरिए पनि प्रवृत्तीमा परिवर्तन नभएको अर्थात अपाङ्गलाई हेर्ने दृष्टिकोणमा खासै अन्तर नआएको हुँदा प्राप्त अधिकारको उपयोग गर्न आफै सक्रिय हुनुपर्ने जोड दिए ।
कार्यक्रममा अर्का प्रशिक्षक राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय सदस्य चन्द्रकान्त पौडेलले अपाङ्गताका पक्षमा बनेको कानून तिनको व्यवहारिक प्रयोग, अपाङ्गता भएका व्यक्तिलाई राज्यले प्रदान गर्ने सेवा सुविधा, दिगो विकास आदिका बारेमा प्रकाश पारेका थिए । यसैगरी, नेत्रहीन संघका जिल्ला अध्यक्ष विष्णु पोखरेलले स्थानीय समस्या र समाधानका उपायका बारेमा जानकारी गराएका थिए ।
उदघाटन र प्रशिक्षण गरी दुई चरणमा सञ्चालन गरिएको अभिमुखीकरणको गण्डकी प्रदेश सभाका सदस्य मधु अधिकारीले उक्त कार्यक्रमको उदघाटन गरेका थिए । उनले अधिकार, कर्तव्य, जिम्मेवारीप्रति सबै सचेत हुनुपर्ने बताए । उनले भने, ‘कोही घर सुखसुविधामा रमाउने र कोही घरको चुल्होमा आगो नबल्ने भयो भने खुसी र समृद्ध समाज निर्माण हुन सक्दैन । त्यसैले संविधानले प्रत्याभूति गरेका मौलिक अधिकार प्रति सबै सचेत भई आफ्नो अधिकारको उपायोग गर्नु पर्छ उनले भने । उले भने, ‘अधिकारको उपयोग गर्दैगर्दा कर्तव्य र जिम्मेवारी भुल्न हुँदैन ।’
उक्त अवसरमा नेपाली काँग्रेसका जिल्ला सचिव हरि बराल, पत्रकार महासंघ लमजुङका संस्थापक अध्यक्ष एवं स्वतन्त्र पत्रकार संघका नवराज पहाडी, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेश समितिका सचिव राजेन्द्र घिमिरेसहितले शुभकामना व्यक्त गरेका थिए । अपाङ्ग संरक्षण समाजका अध्यक्ष चन्द्रकान्त पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मस्र्याङ्दी क्याम्पसका सल्लाहकार टिकाराम पौडेलले स्वागत गरेका थिए । उक्त अभिमुखीकरण कार्यक्रममा २५ महिला सहित ५८ जना सहभागी भएको आयोजकले जानकारी दिएका छन् । उनीहरूका अनुसार उक्त कार्यक्रम गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा गरिएको हो ।
Related News
सम्बन्धित समाचार
हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार
पोखराको सहिदचोकमा पेट्रोल पम्प निर्माणमा अन्तरिम आदेश
निषेधित क्षेत्र तोडेर रास्वपाको प्रदर्शन
लामिछाने पक्राउविरुद्ध प्रदर्शन, आइतबार अदालत उपस्थित गराइने
पूर्व क्षेत्रीय शिक्षा निर्देशक बास्तोलाको निधन
hero news full width
मुख्य समाचार
रविलाई फेरि अदालत उपस्थित गराइँदै
को होला मिस पोखरा ?
कार्तिक ७, २०८१जेठोबुढो जोगाउँदै पोखरा महानगर
कार्तिक ७, २०८१नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा
कार्तिक ७, २०८१विदेश छोडेर कागती खेती
कार्तिक ७, २०८१नेपाल समाजवादी पार्टीको महाधिवेशन आगामी माघमा काठमाडौंमा हुने
कार्तिक ६, २०८१