सर्पको डसाइविरुद्धको खोप अभाव

रासस
असार २६, २०७६
813cjkjZ9XL._SL1500_

नुवाकोट, २६ असार । नुवाकोटमा सर्पको डसाइबाट बच्नका लागि लगाइने खोप (एण्टी स्नेक भेनम)को अभाव भएको छ । सर्पले डसेपछि उपचारका लागि दिइने उक्त खोपको अभाव भएपछि सेवा लिन बिरामीलाई काठमाडौँ पुग्नुपर्ने बाध्यता बनेको छ ।

नुवाकोटमा विषालु सर्पको बसोबास नभएको सरकारी तथ्याङ्कका आधारमा केन्द्रबाट औषधि नपठाउँदा अभाव भएको जिल्ला अस्पताल त्रिशूलीका सूचना अधिकृत भुवनराज केसीले जानकारी दिए । उनका अनुसार अस्पतालमा सातामा नुवाकोटसहित छिमेकी जिल्ला रसुवा र धादिङबाट सर्पको डसाइले बिरामी भएका पाँच जनासम्म सेवा लिन आउने गरेका छन् ।

औषधि नहँुदा उनीहरुलाई काठमाडौँ पठाउने गरिएको छ । “अन्य जिल्ला विशेष गरेर तराईबाट निर्माणका सामग्री ल्याउँदा विषालु सर्प भित्रिएको पाइएको छ”, केसीले भने “केन्द्रबाट माग भएकाले केही मात्रामा भए पनि अर्को महीनादेखि आउने आशा राखेका छौँ ।”

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट औषधि ल्याएर जिल्ला अस्पतालसहित मुख्य–मुख्य स्वास्थ्य संस्थामा पठाउन तयारी मिलाइरहेको स्वास्थ्य कार्यालय नुवाकोका प्रमुख राममणि घिमिरेले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width