जीप दुर्घटनामा एकको मृत्यु चौध घाइते

आदर्श समाज सम्वाददाता
असार २५, २०७६
20160625-Jeep-accident-600

पाल्पा २५ असार । मंगलबार बुटवलबाट सर्देवातर्फ जाँदै गरेको लु.अ.अ.ब. ४१९४ नयाँ भन्सार नम्वरको बलेरो जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेकी रैनादेवी छहरा वडा नं. ५ की ७० वर्षीय हुमादेवी बुढाथोकीको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल पाल्पामा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित १४ जना घाइते भएका छन् । जिल्लाको रिब्दीकोट गाउँपालिका ३ हार्थोक–सर्देवा सडक खण्डमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जीप बाटोदेखि ३० मिटर तल खसेको थियो । पानी परेको र सडक चिफ्लो भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

घाइते हुनेहरु वडा १ का चालक २२ वर्षका खड्कबहादुर रेश्मी, पर्सा जिल्ला पर्सागढी नगरपालिकाका २६ वर्षका नारायणबहादुर बस्नेत, रैनादेवी छहरा गाउँपालिका ४ का २८ वर्षकी जुना थापा मगर, वडा ५ का ६४ वर्षका टिकाबहादुर थापा, सोही स्थानका ५४ वर्षकी मनकुमारी थापा, ४ वर्षकी वर्षा कुमारी पुन, २९ वर्षकी कमला सिहं मगर, २६ वर्षकी मिना पुन, ४ वर्षकी रक्षा पुन, ३५ वर्षका थमनसिहं मगर, २४ वर्षका नेत्रबहादुर दर्लामी, वडा ६ का २८ वर्षका योगनारायण पुन, सोही स्थानका २ वर्षका रञ्जित पुन, १९ वर्षका राजन दर्लामी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width