म्याग्दी २४ असार । बेनीमा जिल्लास्तरीय अन्तर मावि पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा स्थानीय तहअनुसार भएको राष्ट्रपति कपमा प्रथम र द्धितीय भएका विद्यालय र विद्याथीको सहभागितामा प्रतियोगिता सुरु भएको हो ।
जिल्लाका ६ स्थानीय तहका विद्यालय सहभागी भएको मंगलबारदेखि खुल्लामञ्चमा सुरु भएको छ । पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभाका सांसद भुपेन्द्र थापाले गरेका थिए ।
सांसद थापाले देशलाई स्वच्छ प्रतिस्पर्धामा अन्तराष्ट्रिय रुपमा चिनाउने माध्यम खेलकुद भएको हुदाँ विद्यालयस्तरको प्रतियोगिताले गाउँगाउँमा लुकेर रहेको प्रतिभालाई सहयोग पुग्ने बताए । उनले संघिय संरचना अनुसार स्थानीय तहहरुसंग समन्वय गरेर गरिएको प्रतियोगिताले जिल्लाको खेल क्षेत्रको थप पहिचान बनाउन सहयोग पुग्ने बताउदै खेलक्षेत्रको पुर्वाधार विकासका लागि संघिय सरकारले आवश्यक सहयोग गने्र प्रतिवद्धता जनाए ।
त्यस्तै गण्डकी प्रदेशका सांसद विनोद केसीले राष्ट्रपति कप संचाल भएदेखि म्याग्दीबाट धेरै खेलाडीले राष्ट्रियस्तरमा सहभागि भएर जिल्लाको नाम चिनाउन सफल भएको बताउदै खेलप्रति स्थानीय तह जिम्मेवार बन्न आग्रह गरेका थिए ।
त्यस्तै कार्यक्तममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी २४ र २५ गतेसम्म हुने प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए । त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, नेकपा म्याग्दीका अध्यक्ष गोविन्द्र पौडेल, नेपाली काग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी र सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।
जिल्लास्तरीय प्रतियोगितामा सहभागी भएर प्रथम हुने खेलाडीहरुलाई २६ र २७ गते गण्डकी प्रदेश पोखरामा हुने प्रतियोगितामा सहभागी गराइने अध्यक्ष विश्वकर्माले बताए ।
कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष सम्मका विद्यार्थीहरुले सहभागिता जनाउने प्रतियोेगितामा छात्र÷छात्रा भलिबल, कवड्डी, एथलेटिक्स र मार्शल आर्टतर्फ उसु, तेक्वान्दो र कराते बिधाका खेल सञ्चालन हुने छ । स्थानीय तहका विद्यालयले प्रतियोगितामा सहभागिता हुने प्रतियोगितामा बिजेतालाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका अनुसार पुरस्कार प्रदान गरिने अध्यक्ष विश्वकर्माले जानकारी दिए ।
गण्डकी प्रदेश पोखरामा हुने प्रतियोगितामा म्याग्दीबाट अफिसियलसहित ७८ जना खेलाडी सहभागिता हुने छन् । प्रदेशमा सहभागी भएर उतकृष्ट खेल प्रदर्शन गर्ने खेलाडी २९, ३० र ३१ गते काठमाण्डौमा हुने राष्ट्रपति कप प्रतियोगितामा सहभागि हुन पाउने छन् ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विश्वकर्माको अध्यक्षता तथा स्वागत मन्तव्य रहेको कार्यक्तमको संचालन अमृत बास्कुनेले गरेका थिए । १५ सय मिटर दौडमा छात्र तर्फ राष्ट्रिय माविका आर्य खत्री र छात्रातर्फ गलेश्वर माविकी रमिला खत्री प्रथम भएका छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको गन्नीलाई रनिङ सिल्ड
लमजुङमा दोस्रो कोरा साइकल दौड
ईश्वर बने चेस च्याम्पियन
यु–२० चेसमा १०५ खेलाडी
सेभेन ए साइड फुटबल जारी
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१