कराते राष्ट्रिय टोलीको बिदाई

आदर्श समाज सम्वाददाता
असार २४, २०७६
Karate Team Bidai (2)

पोखरा । थाइल्याण्डको बैंककमा हुने खुल्ला कराते च्याम्पियनसीपमा सहभागी टोलीलाई सोमबार विदाई गरिएको छ ।

राष्ट्रिय टिममा रहेर १३ औं दक्षिण एशियाली खेलकुदको लागि तयारी गरिरहेका नेपाली कराते टोलीलाई राजधानीमा आयोजित एक कार्यक्रमबीच विदाई गरिएको हो ।

मित्र राष्ट्र थाइल्याण्डको बैंककमा यही असारको २५ देखि २९ सम्म आयोजना हुँदै छ । नेपाली टोली मंगलबार थाइल्याण्डतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । च्याम्पियनसीपमा सहभागी नेपाली टोलीको ब्यवस्थापकमा आठौं सागका स्वर्णधारी रबि महर्जन छन् ।

सहभागी खेलाडीहरुमा महिलातर्फ ५३ केजी समूहकी अस्मिता राई, ६८ केजी समूहकी सनी तामाङ, एकल कातातर्फकी चञ्चला दनुवार र टिम कातातर्फकी सरु कार्की र कोपिला बिष्ट छन् ।

त्यस्तै पुरुषतर्फको ५५ केजी समूहका सोनाम लामा, ८४ केजी समूहका दिवश श्रेष्ठ, एकल तथा टिम कातातर्फ मण्डेकाजी श्रेष्ठ, टिम कातातर्फ सुभाष कार्की र प्रविन मानन्धर छन् ।

तालिम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुन बिक, महेन्द्र राई र नेपाल कराते महासंघका महासचिव हरिशरण केसी लगायतले व्यवस्थापक तथा खेलाडीहरुलाई बिदाई गरेका हुन् ।

कार्यक्रममा प्रशिक्षण विभाग प्रमुख बिक, राई र महासंघका महासचिव केसीले टोलीलाई बिदाई गर्दै शुभकामना मन्तव्य दिए । राष्ट्रिय टिममा रहेर १३ औं सागको तयारी गरिरहेका खेलाडीहरुले सागमा पदक हात पार्न सफलताको शुभकामना दिए । च्याम्पियनसीपको सहभागिताले खेलाडीहरुको परीक्षण हुने र खेलाडीहरुलाई अनुभवको अवसर भएको उनीहरुको भनाई थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width