भ्रष्टाचारीलाई जन्मकैद आवश्यक–जनमुक्ति

आदर्श समाज सम्वाददाता
असार २२, २०७६
pic …………..vastachar ..

बुटवल २२ असार । राष्ट्रिय जनमुक्ति पार्टीले शुरुगरेको भ्रष्टाचार बिरुद्धको राष्ट्रिय अभियान अन्तरगत रुपन्देहीका विभिन्न स्थानमा हस्ताक्षर संकलन जारी राखेको छ ।

सो पार्टीको केन्द्रीय कार्यक्रम अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा आयोजित कार्यक्रमलाई पार्टी उपमहासचिव टोप अस्लामीले सम्बोधन गर्दै देशमा नीतिगत भ्रष्टाचार बढेको बताए । उनले राष्ट्रिय जनमुक्ति पार्टीले अभियान मार्फत उठाएको मुद्दाहरुलाई वर्तमान सरकारले बेलैमा सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

नेता अस्लामीले भने –‘ देशलाई समृद्धि तर्फ लैजानका लागि मूलुकभित्र संस्थागत भईसकेको भ्रष्टाचारलाई निर्मूल पार्न कडा कानून संविधानमै व्यवस्था गर्नुको विकल्प छैन ।’
उनले भ्रष्टाचारीहरुलाई शिर ठाडो गरेर हिंड्ने मौका वर्तमान सरकारले दिइरहेको पनि औंल्याए । भ्रष्टाचार देशद्रोह भएकोले कम्तिमा पनि जन्मकैदको व्यवस्था र भ्रष्टाचारीको सम्पूर्ण सम्पत्ति राज्य कोषमा दाखिला गर्ने संवैधानिक व्यवस्था आवश्यक रहेको उनको भनाई छ ।

त्यसैगरी संघीय परिषद सदस्य एवं भ्रष्टाचार विरूद्ध राष्ट्रिय अभियान रूपन्देही संयोजक भीमबहादुर रानाले भ्रष्टाचार विरूद्ध फैसला गर्ने छुट्टै विशेष अदालतको व्यवस्था हुनु पर्ने बताए ।

कार्यक्रममा जनमुक्ति युवा महासंघका ५ नम्बर प्रदेश संयोजक डिबी थापा, संघीय परिषद सदस्य एवं राष्ट्रिय महिला मोर्चाका महासचिव गीता सारु, छत्र दर्लामी, प्रदेश अध्क्षय झमबहादुर गुरुङ्ग लगायतले बोल्दै अभियानलाई निरन्तर अघि बढाउनु पर्ने बताए ।

यसैगरी भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान अन्तरगत बुटलको जेसिज चोकमा पनि हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संयोजक थर्क बाह्रघरेले भ्रष्टहरुलाई कडा कारवाही आवश्यक भएको बताए । दुवै स्थानमा गरी दुई हजारभन्दा वढिहस्ताक्षर संकलन गरिएको थियो । सो पार्टीले एक महिनाअघिबाट भ्रष्टाचार विरुद्धको राष्ट्रि«य अभियान शुरु गरेको छ । यसरी संकलन गरिएको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाईने पनि पार्टीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width