अपराध नियन्त्रणमा समन्वय आवश्यक

आदर्श समाज सम्वाददाता
असार २२, २०७६
dipak koiral samudghatan

लेखनाथ, २२ असार । समुदाय र प्रहरीबीच समन्वय गरेमात्र अपराध नियन्त्रण गर्न सजिलो हुने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

पोखरा महानगरपालिका–३० पावर हाउस स्थित वडा प्रहरी चौकीको मूलद्वारा उद्धघाटन समारोहमा बोल्दै गण्डकी प्रदेश विकास समतिका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य दीपक कोइरालाले अपराधिक कृयाकलाप नियन्त्रण गर्न नेपाल प्रहरी अब्वल रहेको बताए ।

समुदाय र प्रहरीबीच सुमधुर सम्वन्ध कायम गर्दै सवै क्षेत्रका सबैखाले खराबी नियन्त्रण गर्न सबै लाग्नु पर्नेमा जोड दिए । जनसहभागीता जहाँ हुन्छ त्यहाँ विकास पनि हुने कुरामा जोड दिदै उनल प्रहरीले विभिन्न खालका विकृति निर्मुलपार्न जनतासँग जोडिएर एकताबाट अगाडी बढेमा जस्तो सुकै अपराधी पत्ता लगाउन सकिने कुरामा जोड दिए ।

गेट निर्माण समितिका अध्यक्ष प्रेम लिगलको सभापतित्वमा भएको सो कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.३० का वडा अध्यक्ष श्रीराम पोख्रेल, इलाका प्रहरी कार्यालय डाडाँको नाँकका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँड, वडा सदस्य शारदा वास्तोला, पदमराज पौडेल, लेखनाथ उद्योग वाणिज्य संघकी सदस्य जानुका अधिकारी लगायतले सहकार्य र एकताले नै समाज सुधार हुने कुरामा जोड दिएका थिए ।

मूलद्वार निमार्ण समितिकी सदस्य एवं समाज सेवी मिना भण्डारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन सचिव कृष्णप्रसाद पौडेलले गरको थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width