पोखरामा तारादेवी र अरुणा लामाका गीत

आदर्श समाज सम्वाददाता
असार २२, २०७६
IMG_8112

पोखरा, २२ असार । दिवंगत गायिकाद्वय स्वर किन्नरी तारादेवी र स्वर साम्राज्ञी अरुणा लामामा समर्पण गरिएको सांगीतिक कार्यक्रमले पोखरा घन्किएको छ ।

पोखरेली सुगम संगीतमा समर्पीत गायीकाले तेश्रो संस्करणका रुपमा आयोजना गरेको “रारा टेस्ट अफ हार्मोनी  धुनहरुमा तारादेवी र अरुणा लामा” कार्यक्रममा गीत घन्किएका छन् ।
स्वर साम्राज्ञी अरुणा लामाको “नेपाली गौरव गर्छौ आफ्नै पनमा…..”गाएको गीतलाई १२ जना पोखरेली गायीकाहरुको सामुहिक स्वरले पोखरालाई गुञ्जायमान वनाउदै सुरु भएको कार्यक्रम करिब तीन घण्टा सम्म निरन्तर अरुणा लामा र तारादेवीका गीतहरुमा पोखरेली सांगीतिक मनहरु रमेका थिए ।

पोखेली सुगम संगीत गायीकाहरुको संस्था “हार्मोनी द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा” ले आयोजना गरेको सो सांगीतिक कार्यक्रममा ३ जना कलाकारहरुलाई सम्मान गरिएको छ । दार्जलिङ्की गायिका दावा ग्याल्मो, पोखरेली गायक कर्ण दासकी आमा तथा नृत्याङ्गाना रत्न दाशलाई हार्मोनी सम्मानबाट सम्मान र उदयमान गायिका जोनिशा पौडेललाई युवा प्रतिभा सम्मान प्रदान गरिउको छ ।

सम्मान लगत्तै उमेरले ८० पुग्न आटेकी दार्जलिङ्की गायिका दावा ग्याल्मोले ४० वर्ष अगाडी लाहुरेनी हुदै हङकङ् पुगेको समयमा रेकर्ड गरिएको गीत “मेरो यो सानो संसारलाई ठुलो वनाउन चाहन्न …..” गाएपछि कार्यक्रम सांगीतक माहोलमा रमेको थियो ।

आयोजक संस्थाका अध्यक्ष ईतु जोजिजुले महिला सुगम संगीत गायकहरुको उत्थान र प्रबद्र्धनमा समर्पीत सस्था भएकाले सबैको सहयोगले गर्दा यति कार्यक्रम पनि सहज रुपमा आयोजना गर्न सकेको जानकारी दिईन् ।

कार्यक्रममा उपाध्यक्ष कौशल्या गुरुङले यो कार्यक्रम दिवंगत गायिकाद्वय स्वर किन्नरी तारादेवी र स्वर साम्राज्ञी अरुणा लामालाई ‘ट्रिब्युट’ गरेको पनि जानकारी दिइन् । उनले भनिन्–“साँगीतिक कार्यक्रममा हामीले दुई दर्जन भन्दा वढी अरुणा लामा र तारादेवीका चर्चित कालजयी गीतहरु प्रस्तुत गयौं ।” यसअगाडि ‘लेजेन्डरी हार्माेनियस इभिनिङ’ र ‘टेस्ट अफ हार्मोनी’ नाममा संस्थाले कार्यक्रम सफल बनाईसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width