गुरुङ कलाकार गण्डकी अध्यक्षमा सुरेन्द्र

आदर्श समाज सम्वाददाता
असार २२, २०७६
66424686_482068955884134_1469192644197351424_n

पोखरा २२ असार । गुरुङ कलाकार संघ नेपाल, गण्डकी प्रदेश समितिको प्रथम अधिवेशन एवं स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सरकारका आर्थिक तथा योजना मन्त्री किरण गुरुङले उक्त कार्यक्रमको उद्घाटन गर्दै कलाकार नाच्ने र गाउने मात्र नगरी आफ्ना मौलिक गीत र बाजाको अध्ययन अनुसन्धानमा लाग्नुपर्ने बताए ।

उक्त अबसरमा प्रदेश सभा सदस्य इन्द्रधारा बिस्ट र मित्रकुमारी गुरुङ सुबेदी, मीना गुरुङले श्रम प्रति सम्मान गर्दै कलाकारको बृद्धिविकासमा आफूहरुबाट सहयोग प्रदान गर्ने बताए । कार्यक्रममा नृत्य निर्देशक एवं संस्कृतिकर्मी मेनकाजी गुरुङ र गायक तथा संगीतकार कृष्ण गुरुङलाई जनही ५,५५५ नगद सहित सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्व मेनकाजी गुरुङ र कृष्ण गुरुङ्ले गुरुङ कलाकारहरुले आफ्नो पहिचानको रुपमा रहेको भाषा र संस्कृतिलाई संरक्षण एवं जगेर्ना गर्नु पर्नेमा जोड दिएका थिए ।
अधिवेशनले सुरेन्द्र गुरुङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । बरिष्ठ उपाध्यक्ष माधब गुरुङ, प्रथम उपाध्यक्षमा माया गुरुङ ,महासचिब टस गुरुङ ,सचिब नेत्र गुरुङ ,कोषाध्यक्ष बिक्रम गुरुङ ,सहकोषाध्यक्ष इन्द्र गुरुङ ,सदस्यहरु रुपा गुरुङ ,काजल गुरुङ ,पूजा गुरुङ ,रामप्रसाद गुरुङ र डबिंग गुरुङ चयन भएका छन्र । ।रिक्त रहेका पदमा पछि चयन गरिने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width