वैदेशिक रोजगारी शिलशिलामा मलेसिया गएको ७ वर्ष बितिसक्दा पनि माइला छोराको खबर नआएपछि ठाडाखानीका दिलबहादुर पुनले मालिकाको भाकल गरे। छोराको सु–स्वास्थ्यको कामनासँगै ‘खबर पाउँ’ भनेर मालिकासँग प्रार्थना गरे। भाकल र मन्दिरप्रति खासै विश्वास नगर्ने अहिलेको समाजले यस्ता घटना पत्याउदैन पनि। तर दिलबहादुरले भाकल गरेपछि ७ वर्षसम्म बेखबर छोराले विदेशबाट फोन गरे।
बाबुलाई घरखर्च चलाउन अलिअलि पैसा पनि पठाइदिए। दिलबहादुरलाई मालिकाको शक्तिले नै छोरा सम्पर्कमा आएको विश्वास छ। केही समयअघि पोखराकी अमला पुन मालिकाको पूजा गर्न पुगिन्। मनोकांक्षा पूरा हुने सुनेपछि पुनः भाकल गरेर पूजा गर्न उनी पुगेकी थिइन्। १९१० सालदेखि पूजा थालिएको मालिकामा १९६८ देखि मन्दिर निर्माण गरी विधिवत पूजा गर्दैआएको इतिहास छ। बाह्रैमासा सिरसिरे चिसो बतास। धवलागिरि, नीलगिरी, अन्नपूर्ण, मनाश्लु, माछापुच्छ्रे लगायत दर्जनौं हिमाल आँखै अगाडि टाँसिन्छन्। मुन्टो घुमाएर हेर्दा चारैतिर गाउँले बस्ती, गुराँसे जंगल र प्रकृतिले भरिएका पहाड। भीरालो पहाडको टुप्पोमा छ, मालिका धुरी। म्याग्दीको ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको रुपमा चर्चित छ, यो ठाउँ। पछिल्लो समय मालिका भक्तजन र पर्यटकको प्रमुख आकर्षण बनिरहेको छ। समुद्री सतहदेखि ३ हजार ३ सय मिटरको उचाइमा मालिका मन्दिर छ। मालिकाको पूजाआजा, दर्शन र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वासकै कारण वषेर्नी हजारौं भक्तजनहरु त्यहाँ पुग्छन्।
मनले चाहेको मनोकामना पूरा भएपछि पुनः मालिका मन्दिर पुगेर भाकल गरे अनुसार बोकाको बली दिने, परेवा उडाउने र नरिवल, धुप, धजा तथा अक्षताले पूजा गर्ने परम्परागत चलन हो। सदरमुकाम बेनीबजारबाट ३ घण्टाको यात्रामा पुगिने यो ठाउँमा कालिका र जालपादेवी पनि सँगै छन्। कालिका, मालिका र जालपाले मनोकामना पूरा गरिदिने भक्तजनको विश्वास छ। मालिका गाउँपालिका वडा ६ दरबाङ, ७ विम र रघुगंगा गाउँपालिकाको वडा ६ पाखापानीको सिमानामा रहेको मालिकामा विशेषगरी वैशाख चण्डीपूर्णिमा, ज्येष्ठ पूर्णिमा, कार्तिक पूर्णिमा र बालाचतुर्दशीमा विशेष पूजा हुने मालिका मन्दिर व्यवस्थापन समिति अध्यक्ष छकप्रसाद पाईजाले जानकारी दिए। उनका अनुसार गत वर्ष ५ हजार बढी भक्तजनले पूजा गरेकोमा यो वर्ष ८ हजार बढी भक्तजन सो मन्दिरको दर्शन गरेका छन्। म्याग्दीसँगै छिमेकी जिल्ला बागलुङ, पर्वत, स्याङजा, गुल्मी, कास्की तथा काठमाडौ लगायत जिल्लाहरुबाट समेत भतmजनहरु मालिका मन्दिरमा पूजा गर्न पुग्छन्।
कस्तो छ पूर्वाधार?
प्रसिद्ध मालिका मन्दिरमा पूजा गर्न जाने भक्तजन र पर्यटकलाई लक्षित गरेर गाउँपालिका पूर्वाधार निर्माणको काम थालेको छ। गाउँपालिकाको १४ लाख ४० हजार र स्थानीयको १ लाख ५९ हजार रुपैयाँमा आयोजना निर्माण गरिएको उपभोक्ता समिति अध्यक्ष छकप्रसाद पाईजाले जानकारी दिए। उनका अनुसार मालिका परिसरमा रेलिङसहित सिँढी, सत्तल तथा पक्की पर्खाल निर्माण सहितको घेराबार गरिएको छ। यसलाई आगामी वर्ष पनि निरन्तर पूर्वाधार बनाउने र अन्य संरचना निर्माणमा गाउँपालिका लागेको अध्यक्ष श्रीप्रसाद रोकमगरले बताए। प्रवद्र्धनमा गाउँपालिकाको नाम समेत यही पर्यटकीय स्थलबाट राखिएको छ। यहाँको पर्यटन प्रवद्र्धन गर्न शुभारम्भ उद्यमशील नेपालसँग सहकार्य गरेर गुरुयोजना समेत बनाइएको उनले बताए। गुरुयोजनामा मालिकाका पर्यटकीय स्थलहरुमा आधारभूत पूर्वाधार निर्माणका लागि ७ करोड ५० लाख रुपैयाँ लगानीको प्रस्ताव गरिएको छ। त्यहाँ पुग्नका लागि वडा ६ र ७ बाट पनि सडक निर्माणको काम थालिएको छ। मालिका मन्दिरसहित गाउँपालिकाभित्र रहेका पर्यटकीय तथा ओझेलमा परेका धार्मिक गन्तव्यहरुको पहिचान गरेर तिनको प्रचारप्रसार पनि गरिरहेको गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले बताइन्।
कसरी पुग्ने?
मालिका मन्दिर जान म्याग्दी सदरमुकाम बेनीबजारबाट सजिलै जीप तथा गाडी पाइन्छन्। बेनीबाट दरबाङ, विमहुँदै मन्दिर जान सकिन्छ। विमको गाउँदेखि माथिसम्म सडक सञ्जाल पुगेको छ। यसैगरी दुखु र हिदीबाट समेत मालिका मन्दिर जाने बाटो छ। त्यस्तै सदरमुकाम बेनीबाटै अर्थुङ्गे, पुलाचौर, डडुवाहुँदै पर्यटकीयस्थल टोड्केको धुरीबाट पनि मालिका मन्दिर जान सकिन्छ। पर्यटकीयस्थल टोड्केमा हालै स्थानीयले सामुदायिक लज बनाएर सञ्चालनमा ल्याएको हुँदा त्यहाँ बसेर पनि भोलिपल्ट मालिका मन्दिर पुगिन्छ।
Related News
सम्बन्धित समाचार
सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमानको निधन
एकीकृत समाजवादीका डेढ सय कार्यकर्ता एमाले प्रवेश
लामाचौर कपमा नेपाल पुलिस च्याम्पियन
हारबाट सिक्छ गण्डकी भलिबल
हर्षोल्लासका साथ मनाइयो तीज
hero news full width
मुख्य समाचार
लामाचौर महोत्सव भव्य, दुर्गेशले यसरी उफारे दर्शक
यसरी मनाए कलाकारले तीज
भाद्र २१, २०८१लामाचौर कपमा महिलातर्फ एपीएफलाई भलिबल उपाधि
भाद्र २१, २०८१तिज पर्वः महिला स्वतन्त्रता र सशक्तीकरणको आवाज
भाद्र २१, २०८१तीज अवसरमा गण्डकीका मुख्यमन्त्रीको शुभकामना
भाद्र २१, २०८१विद्यावारिधि हासिल गर्नेलाई सामूहिक सम्मान
भाद्र २०, २०८१