बागलुङको आदर्श सञ्चार सहकारी संस्था लि.ले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७४ प्राप्त गरेको छ।
राष्ट्रिय सहकारी महासंघले गण्डकी प्रदेशतर्फबाट आदर्श सञ्चार सहकारी संस्थालाई उत्कृष्ट छनोट गरी नगद २० हजार रुपैयाँसहित पुरस्कृत गरेको हो।
सूचना तथा सञ्चार मार्फत सहकारी क्षेत्रको प्रवद्र्धन र सहकारीमार्फत समाज रुपान्तरणका क्षेत्रमा निरन्तर क्रियाशिल रही सहकारीको मूल्य मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध भई उत्कृष्ट काम गरेको भन्दै महासंघले संस्थालाई पुरस्कृत गरेको हो। ९७ औं अन्तराष्ट्रिय सहकारी दिवस अवसरमा शनिवार ललितपुरको हिमालय होटलमा आयोजित समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु) लाई नगद तथा सम्मान पत्र सहित पुरस्कृत गरेकी थिइन्। महासंघले ७ वटै प्रदेशबाट १–१ वटा सहकारीलाई पुरस्कृत गरेको हो।
महासंघले राष्ट्रिय सहकारी दिवस अवसरमा घोषणा गरि अन्तराष्ट्रिय सहकारी दिवसका अवसरमा नगद र प्रशंसापत्र सहित पुरस्कृत गर्दै आएको छ। २०६३ साल मंसिर २७ गते स्थापना भई सूचना, सञ्चारका क्षेत्रमा निरन्तर क्रियाशील आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरि जागरण दैनिक र २०६८ सालदेखि उक्त दैनिक पत्रिकाको सहप्रकाशन अग्रसर साप्ताहिक प्रकाशन गर्दै आएको छ। सूचना तथा सञ्चारसँगै बचत तथा ऋणको कारोबार समेत गर्दै आएको संस्थामा हाल १ हजार ४ सय जना शेयर सदस्य, ३ करोडभन्दा बढी शेयर रकम, १५ करोड बचत, १६ करोड कर्जा लगानी रहेको संस्थाका प्रबन्धक दीपकराज सापकोटाले जानकारी दिए।
सूचना र सञ्चार र वित्तीय क्षेत्रको कारोबारमार्फत १५ जनालाई रोजगारी दिएको संस्थाले धौलागिरि टेलिभिजन सञ्चालनमा समेत सहकार्य गरेको छ। साविक धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले सहकारी क्षेत्रमा सदस्यहरुको सहभागिता वृद्धि गर्न, सहकारीका समस्याको पहिचान र समाधानका लागि अभियानमूलक गतिविधि सञ्चालन गर्दै आएको छ।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१