स्याबास् सुरेश ! जसले भेटाएको सुनको रानीहार बुझाए

आदर्श समाज सम्वाददाता
असार २२, २०७६
taxi_Fotor

मानिस स्वभावैले लोभी हुन्छ। केही पाउँदा वा भेट्टाउँदा खुसी हुने धेरैको स्वभाव हुन्छ। तर थोरैमात्र हुन्छन्, जो कसैले हराएको केही पाउँदा खुसी हुँदैनन्। सम्बन्धितलाई फिर्ता गर्न पाएका हुन्थ्यो भन्छन्। त्यस्तैमध्येमा एक हुन्–पोखराका ट्याक्सी चालक सुरेश नेपाली।

पोखरा भद्रकाली शाखामा आवद्व रहेर संचालन हुँदै आएको उनको ग१ज ३५७१ नं.को ट्याक्सीमा विहीवार राति कसैले सुनको ५ तोलाको रानीहार छोड्यो।

भोलिपल्ट साँझ ट्याक्सी सफा गर्नेक्रममा सिटमा च्यापिएको अवस्थामा उनले सो रानीहार भेट्टाए। सक्कली वा नक्कली ठम्याउन सकेनन् । श्रीमतीलाई सोध्ने निर्णय लिँदै यात्रु बोकेर फेरि काहुँ र लेकसाइडतर्फ हुइँकिए।

‘राति घर पुगेर श्रीमतीलाई देखाएपछि रानीहार सुनकै भन्ने टुंगो लाग्यो, ’ सुरेशले भने, ‘त्यसपछि यसबारे चालकहरुलाई जानकारी दिँदै कसैले खोजे सम्पर्क गरीदिन आग्रह गर्न थालें। ’

गण्डकी ट्याक्सी व्यवसाय पब्लिक लि.का कार्यकारी प्रमुख पूर्ण जिसीलाई उनले शुक्रवार राति नै घटनाबारे जानकारी दिए। दुवैको सल्लाह भयो, शनिवार बिहान रानीहार लिएर जिल्ला प्रहरी कार्यालय कास्की जाने।

संयोग नै मान्नुपर्छ। रानीहार भेट्टिएको विषय चालकबीच चल्न थालेपछि हराउने परिवारका सदस्यले पनि थाहा पाए। पाउने र हराउने परिवारको प्रहरी कार्यालयमै शनिवार बिहान भेट भयो। सो रानीहार पोखरा–८, सिमलचौर निवासी अर्जुन शर्माकी श्रीमती सुरक्षाको थियो।

प्रहरी नायव उपरीक्षक राजकुमार केसीको रोहवरमा सुरेशले सो रानीहार अर्जुन शर्मालाई बुझाए। शर्मा रिजनल हस्पिटलका मेनेजर पनि हुन्। हराएको रानीहार एक्कासी पाउँदा शर्मा खुसी भए। अनी उनले सुरेशको इमान्दारिताको कदर गर्दै केही नगद र खादा लगाएर सम्मान गरे।

तीन लाख मूल्य बढीको गहना हराएपछि शर्माले पनि त्यसको खोजी नगर्ने कुरै भएन। ‘मैले पनि खोजिको प्रयास गरिरहेको थिएँ तर यत्ति सजिलै पाइएला भन्ने लागेको थिएन, ’ उनले भने, ‘उनले (सुरेशले) उदाहणीय काम गरेका छन्, चालकको इमान्दारिताबाट सबैले सिक्नुपर्छ। ’

विहीवार राति शर्मा दम्पत्तिसहित २ बालबच्चा र बुबा डिल्लीप्रसाद शर्माले सृजनाचोकको रवि महलदेखि सिमलचौर पुग्न सो ट्याक्सी प्रयोग गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • लायन्स सिमसारको रक्तदान

    आदर्श समाज सम्वाददाता कार्तिक २४, २०८१
    लेखनाथ । महिला मात्र सदस्य रहेको लायन्स क्लब अफ लेखनाथ सिमसारले रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ५४ युनिट रगत…
  • सहारा बाल आधारभूतमा पक्की शौचालय

    आदर्श समाज सम्वाददाता कार्तिक २४, २०८१
    पोखरा । पोखरा ९, शिवटोल, बधसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा पक्की शौचालय निर्माण गरिएको छ । नेवा नामक संस्थाद्वारा स्थापित…
  • पर्वतीय संग्रहालयमा फोटो प्रदर्शनी

    आदर्श समाज सम्वाददाता कार्तिक २४, २०८१
    पोखरा । पोखरामा शनिबार हुने तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा फोटो प्रदर्शनी गरिएको छ…
  • धारापानी टोल विकासद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता कार्तिक २४, २०८१
    पोखरा । पोखरा–५, पस्र्याङस्थित धारापानी टोल विकास संस्था ‘ख’ ले आफ्नो १६ औं साधारणसभा अवसरमा बिहीबार ज्येष्ठ नागरिकलाई सम्मान गरेको…
  • नेरेसो हेमजामा नेत्रपाणि

    आदर्श समाज सम्वाददाता कार्तिक २३, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको बिहीबार भएको नवौं अधिवेशन तथा ३१ औं वार्षिक साधारणसभाले पुनः नेत्रपाणि भण्डारीको सभापतित्वमा…

hero news full width