वेदान्त प्रवचन समापन

आदर्श समाज सम्वाददाता
असार २२, २०७६
kp sir_Fotor

पुष्करेश्वर महादेव मन्दिर पोखरा–७, मासवारमा असार ९ देखि सञ्चालित वेदान्त प्रवचन कार्यक्रम शनिबार समापन भएको छ।

उक्त कार्यक्रममा महेश सन्यास आश्रम देवघाटका पीठाधीश स्वामी रमणानन्द गिरीले प्रवचन गरेका थिए।

समापन कार्यक्रममा आश्रमका संस्थापक रामानन्द गिरीबाट शुरु गएको वेदान्त प्रवचन कार्यक्रमलाई निरन्तरता प्रदान भएकोमा स्वामी रमणानन्द गिरीलाई सम्मान गरिएको थियो।

पुष्करेश्वर महादेव मन्दिर समितिका संस्थापक अध्यक्ष प्रेमनारायण बराल र अध्यक्ष पिताम्बर बरालले दोसल्ला ओढाएर स्वामीको सम्मान गरेका थिए।

त्यस अवसरमा अध्यक्ष बरालले कार्यक्रममा सहभागी सवैप्रति आभार व्यक्त गर्दै गृहस्थ जीवनमा रहेर पनि मुक्तिको मार्ग अवलम्वन गर्न सकिने ज्ञान प्राप्त भएको बताए।

महेश संस्कृत गुरुकुलका सदस्य रामप्रसाद सुवेदीले व्यास भूमिको महिमा बढाउन र संस्कृत भाषाको जगेर्ना गर्नु पर्नेमा जोड दिए।

पोखरा–७ का वडाध्यक्ष रामचन्द्र बरालले सवैले शान्तिपूर्वक जिउने प्रयास गर्नुपर्ने बताए।

ब्राह्मण समाज कास्कीका अध्यक्ष रामप्रसाद बस्ताकोटीले वेदान्तलाई सरल तरिकाले बुझ्ने अवसर प्राप्त भएको बताए।

त्यस अवसरमा महेश सन्यास आश्रमबाट सञ्चालित गुरुकुल प्रवद्र्धन समाजको अभिभावक सदस्यता लिने महानुभावहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रमको सञ्चालन पुष्करेश्वर महादेव मन्दिर समितिका सचिव सरोजनारायण बरालले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width