सरकारको राष्ट्रवाद विषादीमै पोखियो : खाँण

आदर्श समाज सम्वाददाता
असार २२, २०७६
khad bk_Fotor

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले भारतबाट आयात हुने फलफूल तरकारीको विषादी परीक्षणबाट पछि हटेर सरकारले असली राष्ट्रवाद देखाएको आरोप लगाएका छन्

उनले अत्याधिक विषादी हुने भारतीय नेपाली सामग्रीको पनि परीक्षण गर्नुपर्ने बताएभारतको दबाबका कारण सरकारले जनताको स्वाथ्यमा खेलवाड गरेको टिप्पणी पनि गरेशनिवार रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघको पाँचौ साधारण सभा संघद्वार नवनिर्मित भवनको उद्घाटन गर्दै उनले स्वास्थ्यलाई बेफाइदा गर्ने त्यस्ता विषादी भएका फलफूल तरकारी प्रयोग गर्दा ख्याल गर्न आग्रह गरेपूर्वमन्त्रीसमेत रहेका नेता खाँणले गुणस्तरमापन गरेर मात्र फलफूल तरकारी आयत गर्न सरकारलाई आग्रह गरे

तिलोत्तमा नगरपालिका हरेक किसिमबाट सम्भावित नगरपालिकाल भएको उल्लेख गर्दै उनले तिलोत्तमामा अर्गानिक तरकारी उत्पादन गर्न सकिने बताएतिलोत्तमा नगरलाई आत्मनिर्भर नगरका रूपमा विकास गर्न सकिने त्यसका लागि स्वदेशी विदेशी लगानी कर्तालाई भित्रयाउन पर्नेमा उनको जोड

खाँणले प्रदेश नम्बर पाँच नेपालको मध्यभागमा रहेकाले विकासका लागि धेरै सम्भावना रहेको उल्लेख गर्दै सक्षम आर्थिक रुपले बलियो प्रदेश बनाउन सकिने बताएराजनीतिक रिवर्तनसँगै देश नयाँ संरचनाबाट अगाडि बढेको उल्लेख गर्दै धार्मिक, सामाजिक, सांस्कृतिक, ाजनीतिक, विभिन्न वर्ग समूदायको विविधतालाई संस्थागत गर्नुपर्नेमा उनले जोड दिए

कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले उद्योग व्यवासय सञ्चालनका लागि सहज वातावरणको आवश्यक पर्ने वातावरण सिर्जना गर्ने दायित्व सरकारको भएको बताए

नेपाल उद्योगा वाणिज्य महासंघ प्रदेश नम्बर पाँचका अध्यक्ष गुणनीधि तिवारीले राज्यले नीजि क्षेत्रका समस्यालाई चिन्न सकेको बताए

कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, बुटवल उद्यो वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष जेपी कँडेल, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी, संघका सल्लाहकार ध्रुवकुमार श्रेष्ठ, करहीया खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाका अध्यक्ष यमबहादुर पुनलगायतले बोल्दै बोल्दै देशको व्यापार घटेकाले आर्थिक अवस्था दयनीय भएको बताएसोही अवसरमा संघको भवन निर्माणका लागि सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width