पोखरा । एसीसी यु–१९ इस्टर्न रिजनको क्रिकेटमा नेपालले मलेसियासँग सेमिफाइनल खेल्ने भएको छ ।
समूह चरणको अन्तिम खेलमा मलेसिया हङकङसँग ३ रनले पराजित भएपछि समूहको उपविजेता बन्यो ।
समूह ‘बी’ को उपविजेता मलेसियाले समूह ‘ए’ को विजेता नेपालसँग प्रतिस्पर्धा गर्ने तय भएको छ । सेमिफाइनल खेल सोमबार हुनेछ । जसमा नेपाल र मलेसिया तथा हङकङ र सिंगापुर प्रतिस्पर्धा गर्नेछन् ।
किनरारा ओभल मैदानमा भएको खेलमा हङकङले मलेसियालाई ३ रनले हरायो । टस जितेर ब्याटिङ रोजेको हङकङले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । उसका लागि अदित गोरावाराले ५० रनको अर्धशतकीय योगदान दिए ।
यस्तै, कालान मार्क चल्लुले ४३ रन, नसरुल्ला रानाले ३० र अरुष भागवतले २० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ मलेसियाका लागि मोहम्मद आमिर र सचिनु हिटिगेले समान ३ विकेट लिए । विजय उन्नीले दुई विकेट हात पारे ।
१ सय ७३ रनको लक्ष्य पछ्याएको मलेसिया ४९ दशमलव १ ओभरमा १ सय ६९ रन बनाउँदा अलआउट भयो । मलेसियाका टप अर्डरका पाँच खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
४४ रन बनाउँदा ७ विकेट गुमाएको मलेसियाका लागि मोहम्मद युशुफ र विजय उन्नीले ८७ रनको साझेदारी गर्दै मलेसियालाई खेलमा फर्काएका थिए । विजय उन्नी ३८ रनमा रन आउट भए । त्यसपछि १ सय ६३ रन बनाउँदा युशुफ व्यक्तिगत ६३ रनमा आउट भए ।
१२ बलमा ९ रन आवश्यक रहेको बेला मलेसियाले ५ बल बाँकी छँदै सबै विकेट गुमाउन पुग्यो । हङकङका विकास शर्मा र रौनक कपुरले समान ३ विकेट लिए ।
Related News
सम्बन्धित समाचार
पोखरा फिनिक्स र इस्लामिक कंकर्स विजयी
प्रतिभामा खेलकुद कार्यक्रम सुरु
पर्वतीय दौडमा निरोज च्याम्पियन
भूतपूर्व खेलाडी मञ्चमा दिलबहादुर
क्यानको पोखरामा वार्षिक साधारणसभा
hero news full width
मुख्य समाचार
दशैँको बेला च्याङ्ग्राको व्यापार
गण्डकी विश्वविद्यालयको प्रशासननिक भवन शिलान्यास
असाेज १९, २०८१पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
असाेज १९, २०८१मनाङमा पर्यटक चहलपहल बढ्यो
असाेज १८, २०८१जिप दुर्घटनामा ७ जना घाइते
असाेज १८, २०८१क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
असाेज १७, २०८१