हेमजामा गाँजा नष्ट

आदर्श समाज सम्वाददाता
असार २१, २०७६
hemja gaga photo (1)

हेमजा, २१ असार। सामुदायिक सेवा केन्द्र हेमजाद्वारा शुक्रवार हरियो गाँजा नष्ट गरिएको छ ।

वडाध्यक्ष शोभाकर तिम्सिना लगायत अन्य जनप्रतिनिधिको सहभागितामा मिलनचोकदेखि स्थानीय सापकोटाचोकसम्मका घर वरिपरी भेटिएका गाँजा फडानी गरिएको हो। फडानी गर्न आमा समूह, महिला सञ्जाल, समितिका पदाधिकारी लगायत स्थानीयको सहभागिता रहेको थियो ।फडानी गरिएको गाँजा वडा कार्यालय नजिकै संकलन गरी नष्ट गरिएको हो।

लागुऔषध न्यूनीकरण गर्ने उद्देश्यले गाँजा फडानी गरिएको सेवा केन्द्रकी अध्यक्ष विष्णु बास्तोलाले बताइन्। स्वच्छ समाज निर्माणको लागि सेवा केन्द्रले यस्ता काम गर्दै आएको र यसलाई निरन्तरता दिने उनको भनाइ छ। करिव ८ कुइन्टल गाँजा नष्ट गरिएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width