दुर्घटनामा दुईको मृत्यु, एक घाइते

रासस
असार २०, २०७६
trishuli finall

मुग्लिन, २० असार । चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शुक्रवार बिहान ५.४५ बजे मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । प्रहरीका अनुसार घाइते र मृतक दुवैको परिचय खुलेको छैन । अहिले नदी किनारबाट मृतकको शवलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग