शिक्षाविद् नेगीको निधन

आदर्श समाज सम्वाददाता
असार १९, २०७६
51290639_108304360295994_6326429819907080192_n

पोखरा, १९ असार । पोखरा काजिपोखरी स्थित कालिका वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख बलवीरसिंह नेगीको निधन भएको छ ।

पेटका क्यान्सरबाटे पीडित नेगीको बुधवार साँझ आफ्नै घर रानीपौवामा निधन भएको हो । वि.स. १९९० सालमा भारतको उत्तराञ्चलमा जन्मिएका नेगीको ८५ वर्षको उमेरमा निधन भएको हो ।

वि.स. २०१७ सालमा भारतबाट नेपालको पूर्वी जिल्ला इलाम आएका बलवीरसिंह नेगी वि.स. २०२२ सालमा पोखरा आएका हुन् । शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका नेगीले वि.स.२०२८ सालदेखि वि.स. २०४८ सालसम्म पोखराको पृथ्वीनारायण क्याम्पस पोखरामा अध्यापन गराएका थिए । उनी उक्त क्याम्पसमा सहयक क्याम्पस प्रमुख र कार्यावाहक क्याम्पस प्रमुख समेत बने ।

वि.स. २०४८ सालदेखि पोखराको काजिपोखरी स्थित कालिका क्याम्पसको क्याम्पस प्रमुख बनेका नेगी वि.स. २०७१ सालसम्म क्याम्पस प्रमुखको रुपमा कार्यरत थिए । नेगीले नेपालको शिक्षा क्षेत्रमा ५५ वर्ष अध्यापन गराएर विताएका छन् । स्वर्गीय नेगीका एक पत्नी एक छोरा, दुई छोरी र पाँच नातिनातिना छन् । उनको विहीवार पोखराको रामघाटमा दाहस.स्कार गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width