२० वर्षमा पनि सम्पन्न भएन खानेपानी आयोजना

आदर्श समाज सम्वाददाता
असार १९, २०७६
khana pani_Fotor

लमजुङमा एउटा खानेपानी आयोजना २० वर्षमा पनि सम्पन्न नभएको भेटिएको छ।

तत्कालीन भलायखर्क गाविस हालको राइनास नगरपालिका– २ भलायखर्क गाउँका लागि निर्माण थालिएको खानेपानी आयोजना अलपत्र परेको हो। साविकको भलायखर्क गाविस– १, २, ३ र ५ को साहिलीटार र वडानं– ६ र ७ को पन्थेडाँडाका लागि भलायखर्क खानेपानी योजना सञ्चालन गरिएको हो।

आव २०५२/५३ मा पञ्च वर्षीय योजनाको रूपमा आयोजनाको काम शुरु गरी २०५६/५७ मा सम्पन्न हुनुपर्ने हो तर सो खानेपानी आयोजना चालु आव २०७५/६६ को अन्तिम अवधिमा पनि सम्पन्न हुने लक्षण छैन। यो बीचमा सो आयोजनाको निर्माण उपभोक्ता समितिको अध्यक्ष एकजना बलराम घिमिरेले दुई कार्यकाल गरी नौ समिति र आठ जना अध्यक्ष भइसक्नु भएको सो आयोजनाका हालका अध्यक्ष तथा सोही वडाका अध्यक्ष रामचन्द्र अधिकारीले बताए। आयोजनाको निर्माण कार्य शुरु गर्दा भलायखर्क गाविसका तत्कालीन अध्यक्ष ऋषिकेश घिमिरेनै अध्यक्ष थिए। उनको पालामा त निर्माण कार्यको श्रीगणेशसम्म नभएको सातौं अवधिका अध्यक्ष इन्दिरा पोखरेलले बताइन्। पोखरेलका अनुसार आफ्नो पालामा पाँच लाख रुपैयाँ बजेट आउने भनिएको थियो। तर एक लाख ९३ हजार नगद दिएर अन्य सामग्री दिइएको हो। त्यही रकममा पनि ६८ हजार के के काम राम्रो भएन भन्दै काटियो, मेरो पालामा १४ नयाँ धारा र ३ वटा पुराना धाराको मर्मत गरी राम्रो काम भएको भनेर प्रशंसासमेत गरी अर्को वर्ष पनि तपाईं अध्यक्ष हुनुपर्छ भन्थे गाउँघर र खानेपानीका कर्मचारीले पनि तर पछि उनीहरू र यताका मान्छेको साँझको बसाईले म बाइपास भएँ इन्दिराले बताइन्। उनले भनिन्, ‘अन्य ककस्को पालामा के कति बजेट आएको हो त्यो पनि भन्दैनन्। ’

उक्त खानेपानी आयोजना निर्माण उपभोक्ता समितिको अध्यक्ष हुने अन्यमा दामोदर घिमिरे, रामचन्द्र देवकोटा, विष्णु पौडेल, लोकबहादुर बोगटी, विष्णु पन्थी हुन्।

सो वडाका अध्यक्ष तथा उपभोक्ता समितिका वर्तमानका अध्यक्ष रामचन्द्र अधिकारीले म समितिको अध्यक्ष भएपछि एक घर, एक धाराको अवधारणा आएको उनको भनाई छ। कामले रफ्तार पनि लिएको र आयोजनाको बजेट एक करोड २१ लाख रहेको छ। तत्कालका लागि एक सय ६६ घरमा सेवा दिने गरी निर्माणको काम अन्तिम चरणतिर लागेको छ। १३२ घरको लागि आवश्यक सबै सामग्री समेत आइसकेको छ, अबको २, ३ महिना, ढिलोमा आउँदो वडादशैं सम्ममा सबै घरमा पानी झर्छ भन्ने प्रतिवद्धता अधिकारीले व्यक्त गर्नु भएको छ।

सो आयोजना सम्बन्धमा खानेपानी तथा सरसफाइ कार्यालयमा सम्पर्क गर्दा विगतको इतिहास त्यस्तो रहेछ तर ऐले सन्तोष जनकरूमपा काम भइरहेको इन्जिनियर शम्भु खनालले बताए। उनका अनुसार चालु आवका लागि २३ लाख ९४ हजार बजेट आएको छ। गत आवमा ५१ लाख ९४ हजारको काम भएको देखिन्छ। ‘२०५२ सालदेखि आजसम्म के कति बजेट खर्च भएको रहेछ? भन्ने जिज्ञासामा खनालले भन्नुभयो, ‘म त भरखर आएको हुँ पुरानो कुरा थाहा भएन, त्यो हेर्नका लागि स्टाफको पनि कमी छ। ’

यतिबेला पन्थेडाँडामा १० घनमिटरको र मजुवामा ५ घनमिटरको टंकीको निर्माण कार्य अन्तिम चरणमा पुगेको इन्जिनियर खनालले बताए। उनका अनुसार गत वर्ष उपल्लोटोल साहिलीटारमा तीन घनमिटरको टंकी निर्माण गरिएको र सो अयोजनाबाट कुल सेवा दिने घर संख्या दुई सय ७७ रहेको छ।

सो आयोजनाका लागि खानेपानीको वितरण लाइनमा पाइपलाइन खन्ने, पुर्ने, जोड्ने आदि काम उपभोक्ताले गर्नु पर्ने इन्जिनियर खनालको भनाई छ। उनले भने, ‘विगत जे जस्तो भए पनि अबको २/३ महिनामा काम सकिन्छ भन्ने विश्वास जागेको छ। ’

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width