बालबालिकाको स्वास्थ्यमा प्रोत्साहन गर्ने उद्देश्यले फेदीखोला गाउँपालिकाले ५ वटै वडामा स्वस्थ बालबालिका प्रतियोगिता गरेको छ।
२३ महिनासम्मका २६ जना बालबालिकाको सहभागिता रहेको उक्त प्रतियोगितामा ६ जना स्वस्थ्य बालबालिकालाई पुरस्कार प्रदान गरिएको थियो।
बालबालिकालाई जन्मदेखि ११ महिनाको पहिलो समूह र १२ महिनादेखि २३ महिनासम्मको दोस्रो समूहमा विभाजन गरिएको थियो।
स्वस्थ बालबालिका छनोटका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले १० वटा मापडण्ड बनाएको थियो। मापदण्डमा गर्भवती अवस्थादेखि प्रसूतिपछिको स्वास्थ्य जाँचसम्मको अवस्था उल्लेख गरिएको थियो।
कार्यक्रम उद्घाटन गर्दै फेदीखोला गाउँपालिका उपाध्यक्ष देवी थापाले गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि स्वास्थ्यलाई विशेष प्राथमिकता दिँदै बजेट बिनियोजन गरेको बताइन्।
उनले बालबालिकाको स्वास्थ्य स्वस्थ्यहोस् भन्ने उद्देश्यले आमा र परिवारलाई प्रोत्साहन गर्न बच्चा स्याहार कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन्। कार्यक्रममा गर्भवती जाँच, खोप, स्वस्थ पोषण, वृद्धि अनुगमन तथा सरसफाइबारे जानकारी दिइएको थियो। कार्यक्रम वडा २ का अध्यक्ष हिमालयजंग बानियाँको अध्यक्षतामा सम्पन्न भएको थियो।
Related News
सम्बन्धित समाचार
बेनी–जोमसोम सडक अवरुद्ध
निशुल्क कपाल काट्ने तालिम
कंक्रिट संरचनाले घट्दैछ धानखेत
‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’
मापदण्ड मिचेका संरचना हटाउन सुरु
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१