छोरीको योजनामा आमाको हत्या, चार पक्राउ

रासस
असार १६, २०७६
ptrkr_bhttghtt_krykrmk_tsbrhr_6_sd.2e16d0ba.fill-650×500

काठमाडौँ, १६ असार । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा आइतबार ६१ वर्षीया सावित्री भट्टराईको हत्या मृतककी छोरीको योजनानुसार भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले सोमवार पत्रकार सम्मेलन गरी सो घटना दिउँसो हत्या गरिएकी भट्टराईकी छोरी ईश्वरीकै योजनाअनुसार भएको बताएको हो ।

प्रहरीले हत्यामा संलग्न सिरहा कल्याणपुर नगरपालिका–४ का मोहम्मद नौसाद, भारतीय अर्जुन कुमार भनिने भोला कुमार, भारतकै मोहम्मद रहिश र अभियुक्त ईश्वरीलाई पक्राउ गरेको हो । प्रहरीले नौसादलाई धादिङको गजुरीबाट आइतबार साँझ सात बजे र भोला कुमार र मोहम्मद रहिसलाई राति तीन बजे मकवानपुरबाट पक्राउ गरी सार्वजनिक गरेको हो । मृतककी छोरीलाई भने भक्तपुरबाट पक्राउ गरिएको हो ।

पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले मृतककी छोरी ईश्वरीले आफ्ना प्रेमी नौसादसँग भएको प्रेम सम्बन्धबारे आमाले थाहा पाउने र आफ्नो प्रेममा आमाले विरोध गर्ने डरले आमालाई मार्ने योजना बनाएको अनुसन्धानमा खुलेको बताए । “आमालाई मार्नका लागि ईश्वरीले रु १२ लाख दिने सहमतिअनुसार नौसादले एक्लै मार्न नसक्ने भएकाले भारतबाट साथी बोलाएर हत्या गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने ।

घटनामा संलग्नमध्ये भोला कुमारले हात समाउने, मोहम्मद नौसादले मुख थुन्ने र मोहम्मद रहिसले घाँटी रेटेको अनुसन्धानमा खुलेको थापाले बताए । मृतककी छोरी ईश्वरी र मोहम्मद नौसाद केही समय पहिला एउटै गार्मेन्टमा काम गर्दा प्रेम सम्बन्ध भएको महाशाखाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • जिप दुर्घटनामा ७ जना घाइते

    आदर्श समाज सम्वाददाता असाेज १८, २०८१
    पोखरा, १८ असोज । स्याङ्जाको सिरुबारीबाट पोखरा आउँदै गरेको जिप दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् । शुक्रबार…
  • २०९ को मृत्यु, २९ अझै बेपत्ता

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । मुलुकभर ३ दिनयता परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय ९…
  • हायस दुर्घटना हुँदा ११ घाइते

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । काठमाडौंबाट पाेखरा जाँदै गरेको हायस शिवपुरीस्थित चापाकोटमा दुर्घटना भएको छ । ग १ ख ४५२५ नम्बरको हायस सडकबाट डेढ…
  • बाढी र डुबानमा देशभर ८७ जनाको मृत्यु, ७२ बेपत्ता

    आदर्श समाज सम्वाददाता असाेज १२, २०८१
    पोखरा । नेपालमा पछिल्लो ३ दिनयता लगातार परेको भारी वर्षाले ठूलो धनजनको क्षति हुन पुगेको छ । अकल्पनीय भारी वर्षाका…
  • नवलपुरको ठाउँठाउँमा डुबान

    रामकुमार श्रेष्ठ असाेज १२, २०८१
    नवलपुर । शुक्रबारदेखि अविरल रुपमा परेको पानीले नवलपुरको विभिन्न स्थान डुबानमा परेको छ । गैंडाकोट ७, गैरीस्थित सिकारी टोलमा नारायणी…

hero news full width