पौडी खेल्दा डुबेर मृत्यु

रासस
असार १५, २०७६
khola

पोखरा, १५ असार। पौडी खल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ ।

पोखरा–३३ तल्लो पुडिटारस्थित सेती नदीको किरानमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा शनिबार साँझ डुबेर तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकका ११ वर्षीय निञ्चल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

केही दिनयता कोत्रेस्थित सानीआमाको घरमा बस्दै आएका उनी साथीसँग पौडी खेल्न गएका थिए । तीन साथी मिलेर पोखरीमा पौडी खेल्ने क्रममा डुबेपछि उनको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ । बालकको शव डाँडाकोनाक प्रहरी चौकीबाट खटिएको प्रहरी र गोताखोरको टोलीले साँझ ८ बजे पोखरीबाट निकालिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts