लमजुङ, १५ असार । गण्डकी प्रदेश सरकारद्वारा भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति प्रदान गरेको छ ।लमजुङको दूधपोखरी गाउँपालिका–१ मलेयाडाँडामा रहेको घुम्ती भेडीगोठका कृषकलाई प्रदेश सरकारले शनिबार २८ भेडा वितरण गरेको हो ।
प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आकस्मिक सेवाअन्तर्गत कृषकलाई दुई लाख ८० हजार रुपैयाँ बराबरको भेडा सहयोग गरिएको हो । प्रदेशसभा सदस्य धनञ्जय दवाडीले गाउँपालिकाको जोर्नीमा एक कार्यक्रममा कृषकलाई भेडा वितरण गरेका हुन् ।
उनले प्रदेश सरकारको सहयोगले कृषकको मनोबल बढ्ने बताए । व्यवसायमा जोखिम भए पनि विचलित नभई आफ्नो पेशामा लाग्न उनले कृषकलाई आग्रह गरे । दूधपोखरी गाउँपालिका–६ र दोर्दी गाउँपालिका–५ का २५ किसानले संयुक्तरूपमा ‘पतिपुरे सामुदायिक भेडापालन समूह’ गठन गरी घुम्ती भेडीगोठमा भेडापालन गर्दै आएकामा गत वैशाख २८ गते शनिबार परेको चट्याङले २८ भेडा मरेका थिए ।
भेडा मरेपछि कृषकलाई पाँच लाख ६० हजार बराबरको क्षति भएको दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले बताए । उनीहरुले सञ्चालन गरेको यस भेडीगोठमा ६४० बढी भेडा छछ् ।
Related News
सम्बन्धित समाचार
बेनी–जोमसोम सडक अवरुद्ध
निशुल्क कपाल काट्ने तालिम
कंक्रिट संरचनाले घट्दैछ धानखेत
‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’
मापदण्ड मिचेका संरचना हटाउन सुरु
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१