मोटरसाइकलको ठक्करबाट मृत्युु

आदर्श समाज सम्वाददाता
असार १४, २०७६
motercycle-accident-dang-1

बुटवल १४ असार । पुर्वपश्चिम राजमार्गको बुटवल देवदह सडकखण्डको भलुही जंगलमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको ज्यान गएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार मध्यरातमा पुर्वबाट पश्चिम तर्फ आईरहेको लु ३७ प ६६५ नम्वरको मोटरसाईलले स्थानीय अन्दाजी ५५ वर्षीय भुमिश्वर पराजुलीलाई ठक्कर दिएको हो । ठक्करवाट गम्भीर घाईते भएका पराजुलीको उपचारका क्रममा बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक देवदहकै मिलन मल्ल पनि घाईते भएका छन् । उनको पनि सोही अस्पतालमा उपचार भैरहेको छ । मल्लले मादक पदार्थ सेवन गरेको पुष्टि भएको ट्राफिक प्रहरी कार्यालय जनाएको छ । चालक र मोटरसाइकललाई नियन्त्रणमै राखिएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै