उपभोक्ता ठगी गर्ने छ फर्मलाई कारवाही

रासस
असार १२, २०७६
65386056_645965179242416_7969482800376053760_n

वीरगञ्ज, १२ असार । वाणिज्य कार्यालय पर्साले उपभोक्तालाई ठगी गर्ने, एमआरपी नराख्ने तथा बिल नदिनेजस्ता गैरकानूनी क्रियाकलाप गरी उपभोक्ता ठग्ने वीरगञ्जका छ व्यापारिक फर्मलाई जरिवाना गरी कारवाही गरेको छ ।

कारवाहीमा परी जरिवाना तिरेका फर्ममा वीरगञ्ज महानगरपालिका– १८ को नारायणी धूप उद्योग रहेको छ । सो उद्योगलाई उत्पादन गर्ने अगरबत्तीमा उत्पादन मिति नराखेको तथा एमआरपी नराखेको कारण रु ५० हजार जरिवाना गरिएको छ । यसैगरी वीरगञ्जकै नारायणी इन्टरप्राइजेजले उपभोक्तालाई ठग्दै आएको सूचना प्राप्त भएपछि अनुगमनकार्यमा असहयोग गरेकाले रु १० हजार जरिवाना गरिएको सूचना अधिकारी दिलीपखंग खत्रवेले बताए ।

यसैगरी कारवाहीमा परी जरिवाना तिरेका अन्य फर्ममध्ये हिमाल केमिकल एण्ड परफ्युमरी उद्योगलाई पनि अगरबत्तीमा एमआरपी नराखी उत्पादन गरेकाले रु ५० हजार जरिवाना गरी कारवाही गरिएको छ । वीरगञ्जकै माईस्थानमा रहेको गणेश किराना स्टोरलाई उपभोक्ताले बिल माग्दा नदिएकाले रु १० हजार जरिवाना गरिएको छ ।

यसैगरी बहुदरमाई नगरपालिकाको रामनगरी बजारमा रहेको निरञ्जन कोल्ड स्टोरलाई बिल नराखेकाले रु पाँच हजार जरिवाना गरी कारवाही गरिएको । वीरगञ्जकै माईस्थानस्थित जय माँ अम्बे इन्टरप्राइजेजलाई बिल नराखेको, उपभोक्तालाई बिल नदिई ठगी गरेकाले रु २० हजार जरिवाना गरी कारवाही गरिएको छ ।

वाणिज्य कार्यालयले प्रदेश नं २ को आठ जिल्ला र प्रदेश नं ३ को चितवन र मकवानपुर जिल्लालाई कार्यक्षेत्र बनाई काम गर्दै आएको छ । कार्यालयले उपभोक्ता संरक्षण ऐन, २०५४ र उपभोक्ता संरक्षण नियमावली २०५६ अनुसार कारवाही गरी जरिवाना गरेको निमित प्रमुख ओमनारायण शर्मा ढुङ्गानाले बताउनुभयो । व्यापारीले फर्म दर्ता गर्न तथा नवीकरण गर्न जाँदा तोकिएको सरकारी दस्तुरभन्दा बढी रकम असुल्ने गरेको व्यापारीको गुनासो छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width