तिनाउको कृषि केन्द्रित कार्यक्रम

आदर्श समाज सम्वाददाता
असार १२, २०७६
Shibchar-Heavy-Rain-Agriculture-Dameage-2-700×498

पाल्पा १२, असार । जिल्लाको तिनाउ गाउँपाकिाले कृषि र पशुपालनमार्फत गाउँपालिकालाई समृद्ध बनाउने गरी आगामी वर्षको नीति तथा कार्यक्रम तय गरेको छ । गाउँपालिकालाई कृषि, पशुपालन र अण्डामा आत्मनिर्भर बनाउने गरी गाउँपालिकाले सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अगाडि सारको हो ।

गाउँपाािलकाले २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापाले दोभान, मस्याम झुम्सा, कोलडाँडा, सत्यवती र ओखलढुंगालाई तरकारी उत्पादन क्षेत्र बनाउने, ओखलढुंगालाई माहुरी पालन र अम्रिसोको क्षेत्र बनाउने, सत्यवती, चौकीभन्ज्याङ्ग र कोलडांडा क्षेत्रलाई तेजपात र केरा उत्पादन क्षेत्र बनाउने नीति अख्तियार गरेको बताइन । उनले लगाड र मस्यामको उपल्लो क्षेत्रलाई कफि खेतीको सम्भावना भएकोले त्यसक्षेत्रलाई कफी उत्पादनको क्षेत्र बनाउने नीति रहेको जनाइन ।

तिनाउ गाउँपालिकाले आगामी वर्ष सडक बिस्तार र स्तरउन्नतिलाई पनि विशेष प्राथमिकतामा राखेर विकासको काम गर्ने नीति अघि सारेको छ । पालिकाले ल्याव सेवा, प्रसूति सेवा र रक्त संचार सेवा संचालन गर्ने गरी एउटा हाइवे स्वास्थ्य केन्द्र स्थापना गर्ने, होम बर्थलाई शुन्य बनाउन पनि गाउँपालिकाको योजना छ । यस्तै खानेपानीको सहज उपलब्धता गरी पूर्ण सरसफाई युक्त समाज निर्माण गर्ने, कृषि र पशुपालनमा दूध, मासु र अण्डामा आत्मनिर्भर गाउँपालिका बनाउने नीति अख्तियार गरेको छ ।

आधारभूत तहका विद्यालयहरूमा आउँदो शैक्षिक सत्र देखि अनिवार्य रुपमा १ देखि ३ सम्मको कक्षामा अंगे्रजी माध्यमबाट अध्यापन गराइने कार्यलाई निरन्तरता दिने, गाउँपालिका भित्रका दु्ई वटा मा.वि दोभान र तिलोत्तमा मा.मा परिक्षणको रुपमा कक्षा ९ र १० लाई आवासीय कक्षालाई व्यवस्थित बनाउने, भुगोलका हिसाबले बिद्यार्थीको शिक्षामा पहँुच पुग्न कठिन महसुस भएका अरु थप २ विद्यालयमा आउने वर्षमा छात्रावासको ब्यबस्थापन गर्ने गाउँपालिकाले जनाएको छ ।

पर्यटनतर्फ पार्क निर्माण होम स्टे सन्चालन र प्रवद्र्धन सहित उच्च समस्थली भ–ूभागमा पोखरी र ताल तलैया निर्माण एवं संरक्षणका कार्यक्रमहरुलाइ निरन्तरता दिने तिनाउ गाउँपालिकाको योजना रहेको स्रोतले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width