विज्ञानका विद्यार्थीको जलविद्युत उत्पादनमा चासो

आदर्श समाज सम्वाददाता
असार १२, २०७६
Sino Hydro Ma Student@Lamjung 4

लमजुङ, १२ असार । लमजुङका विद्यार्थीले विद्युत उत्पादनमा चासो दिन थालेका छन् ।

विज्ञान विषयका विद्यार्थीले प्रयोगात्मक कक्षाको सहयोगका लागि जलविद्युत आयोजनाको निर्माण प्रक्रिया सहित विद्युत उत्पादनका प्रविधिबारे आयोजना स्थलमै पुगेर जिज्ञासा मेट्ने काम गरेका हुन् ।

माध्यमिक तहमा अध्ययन गरिरहेका विद्यार्थी पानीबाट बिजुलीमा के कसरी रूपान्तरण हुने हुन्छ भन्ने तौरतरिका जान्न आयोजना स्थलमै पुगेर चासो लिएको माथिल्लो मस्र्याङदी ‘ए’ जलविद्युत आयोजनाका जन सम्पर्क अधिकृत कर्ण अधिकारीले बताए । उनका अनुसार मस्र्याङदी गाउँपालिका– ७ तराञ्चेस्थित महेन्द्रदेव माध्यमिक विद्यालयको कक्षा १० का विद्यार्थीहरू जलविद्युत निर्माण क्षेत्रमै आएर जानकारी सो प्रविधिका बारेमा जानकारी लिएका छन् । उनले भने ‘आँखाले देखेर सिकेको ज्ञान बढी दिगो हुने र सिक्न सजिलो हुने हुन्छ । त्यसैले विद्यार्थीमा चासो बढोको हुन सक्छ ।’

महेन्द्रदेव माध्यमिक विद्यालयको कक्षा १० का विद्यार्थी रोशन गुरुङले विज्ञान विषयमा जलविद्युतको बारेको पाठका लागि जलविद्युत निर्माण क्षेत्रमै आएर जानकारी लिएको बताए । उनले भने, ‘विज्ञान विषयमा ‘धारा विद्युत र चुम्बाकत्व’ पाठ छ । उक्त पाठ अध्ययन गर्दा जलविद्युत आयोजनाको निर्माण क्षेत्रमै आएर जानकारी लिने इच्छा अनुसार विद्यालयका शिक्षकसंग अनुरोघ गरी आएका हौं ।’ अर्का विद्यार्थी प्रतीक्षा सुयलले ‘परियोजना स्थालमा गएर बाँधमा पानी जम्मा पार्ने, पावरहाउससम्म ल्याएर खसाल्ने र टर्वाइनमार्फत बिजुली निकालिने प्रक्रिया बारे जानकारी पाएको’ बताए ।

सो माविका विज्ञान शिक्षक प्रेमलाल विश्वकर्माले आफ्नै टोल छिमेकका पानीबाट बिजुली निकालिए पनि यसबारे विद्यार्थीलाई खासै जानकारी थिएन । त्यसैले आयोजनाको अवलोकनमा ल्याएको बताए । उनका अनुसार पानीबाट बिजुली उत्पादन देखि घरसम्म ट्रान्सफर्मरमार्फत ल्याउने प्रक्रियाको बारेमा विद्यार्थीले जानकारी पाए, यो सिकाई उनीहरूका लागि अविस्मरणीय हुनेछ । उनले भने, ‘प्राविधिक बन्न चाहने विद्यार्थीका लागि यो अध्ययनले थप सघाउने छ ।’

माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजना चिनियाँ लगानीमा निर्माण गरिएको नेपालको पहिलो आयोजना मानिन्छ । चिनियाँ लगानीमा चिनिया प्रविधि भित्र्याएर निर्माण गरिएकाले पनि यो आयोजनाको संरचना भिन्न मानिन्छ । सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले चिनियाँ लगानीमा निर्माण गरेको ५० मेगावाटको उक्त आयोजनाले विगतके दुई बर्षदेखि विद्युत उत्पादन गरिरहेको छ । फरक खालको संरचना र प्रविधि हेर्न विद्यार्थी साथै शिक्षकहरू आउने गरेको सिनो हाइड्रोका जनसम्कर्प अधिकृत अधिकारीले बताए ।

चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रो सगरमाथा पावर कम्पनीको ९० र नेपालको चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी रहेको उक्त आयोजना १६ अर्ब रुपैयाँमा निर्माण भएको हो । सन् २०१३ को जनवरीमा निर्माण शुरु गरिएको माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाले २०१७ जनवरीबाट व्यवसायिक विद्युत् उत्पादन थालेको हो ।
आयोजनाका दोभाषे दयाराम दाहाल भन्छन्, ‘शिक्षक, विद्यार्थीले आयोजनाबारे अध्ययन, अवलोकन गर्ने गरेका छन् ।

भ्रमण टोलीले आफूहरूसँग बाँध क्षेत्र, विद्युतगृह, सुरुङ साथै विद्युतगृह भित्रका जेनेरेटर, टर्वाइन तथा मेशिनरी सामग्रीले गर्ने कामबारे जानकारी लने गरेका छन् ।’ उनका अनुसार यसले शिक्षक, विद्यार्थीलाई पठनपाठनमा सहयोग पुगेको अनुभव छ । आयोजनाबाट नयाँ कुरा पनि सिक्ने मौका पाएका छन् ।उनले भने, ‘आयोजनाले निर्माण गरेको नेपालकै पहिलो सुरुङमार्गमा विद्यार्थीको आकर्षण बढेको छ ।’

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width