खैरेनीटार ११ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले तीन तहको सरकार एक्लाएक्लै हिड्दा विकास र समृद्धि तर्फ अगाडि वढ्न नसकिने भएकाले सँर्गै मिलेर जानु पर्ने बताएका छन् ।
शुक्लागण्डकी नगरपालिकाको पाँचौ नगरससभालाई बुधवार सम्वोधन गर्दै मुख्यमनत्री गुरुङले भने –तीन तहकै सरकारको तालमेल नमिल्दा विकास र समृद्धिले दुर्त गति लिन सकेको छैन ।
संघीय सरकारले तयार पारेको आधारपत्रको १५ औँ पञ्चवर्षीय योजनाको खाकालाई सहयोग पुग्नेगरी प्रदेश र स्थानीय तहले आवधिक, पञ्चवर्षीय तथा मध्यकालिन र दीर्घकालिन योजना बनाउनुपर्ने उनले बताए । साथै उनले बिकास निर्माणका काममा उपभोक्ता समितिलाई समावेश गर्न सुझाव दिए ।
स्थानीय तहले आफ्नै हैसियत देखाउनुपर्ने जनाउँदै नीति तथा कार्यक्रममा आधरित रहेर बजेट तयार पार्न निर्देशन दिए । कार्यक्रममा उपमेयर सविता रसाईलीले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा सुलभ र गुणस्तरीय प्राविधिक शिक्षाको पहुँचमा विद्यार्थीलाई ल्याउने बताईन् । उनले ‘एक वडा एक नमूना विद्यालयको नीति अवलम्बन गरेर सामुदायिक विद्यालयको शिक्षामा गुणस्तरीय सुधार गर्ने वताइन् ।
त्यस्तै कृषियोग्य भूमिको अभिलेखीकरण गर्ने, भूमिको बिकासका लागि चक्लाबन्दी गर्ने, किसानलाई वर्गीकरण गरी आयकर लगाउने, नगरलाई कृषिमा आत्मानिर्भर बनाउन नगर प्रमुख कृषि आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्यक्रम अगाडि सारिएको छ ।
पाँचौ नगरसभामा जनप्रतिनिधिले कार्यभार सम्हालेपछि पेश गरिएको तेस्रो नीति तथा कार्यक्रममा पूर्वाधारलाई नै बढी प्राथमिकता दिइएको छ । पूर्वाधारतर्फ सडक स्तरोन्नति समेटिएको छ, आगमी तीन वर्षमा वडा कार्यलय जोड्ने सडक कालोपत्रे लगायत आर्थिक बर्ष २०७६÷०७७ को आर्थिक बर्षका लागि ८५ करोड ६८ लाख १२ हजार ८ सय ७५ रुपैयाँको अनुमानित आयव्यव्य प्रस्तुत गरिएको छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य आशा कोइरालाले स्थानीय सरकारले गरिबी तथा बेरोजगारी अन्त्य गर्ने गरि कार्यक्रम निर्माण गर्न जोड दिइएको छ । कार्यक्रममा नगर प्रमुख किसान गुरुङ्गले जनप्रतिनिधि र कर्मचारी दुबैको सहयोगले समृद्ध शुक्लागण्डकी सम्भव रहेको वताए ।
संविधानसभा सदस्य हशीना बेगम, जिल्ला समन्वय समिति तनहुँका संयोजक शान्तिरमण वाग्ले, नगर प्रवत खिमबहादुर कुमाल, नेपाली कांग्रेसका नगरसभापति माधव भट्टराई, संघीय समाजवादी पार्टीका देउनारायण श्रेष्ठ, राप्रपाका नारायण खनाल, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेश उपाध्यक्ष कृष्णराज पण्डित, सामाजिक शाखा प्रमुख हीमा पोख्रेल लगायतले वोलेका थिए ।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१