आमाले विवाह गर्न नमानेपछि छोरीको अपहरण

आदर्श समाज सम्वाददाता
असार ११, २०७६
pic apaharan

बुटवल ११ असार । रुपन्देहीमा आमाले विवाह गर्न नमानेपछि छ वर्षीया छोरी अपहरण गरेको घटना सार्वजनिक भएको छ ।

रुपन्देहीको तिलोत्तमाबाट अपहरणमा परेकी नाबाालिकाको प्रहरीले दुई दिनपछि उद्धार गरेको छ । पर्सा वीरगञ्जका जयराम दासको अपहरणमा परेकी नावालिकालाई प्रहरीले बुटवलको एक होटेलबाट उद्धार गरेको हो ।

प्रहरीका अनुसार दासले रुपन्देही तिलोत्तमाकी एक महिलालाई विवाह प्रस्ताव गरेकोमा महिलाले प्रस्ताव अस्वीकार गरेपछि उनकी छोरी अपहरण गरेको प्रहरी स्रोतको दावी छ । ९ गते अपहरित भएकी नावालिकालाई प्रहरीले बुधबार बिहान उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ९ गते साँझ अन्दाजी ८ बजेको समयमा तिलोतमा नगरपालिकाबाट ६ वर्षीया बालिका वीरगञ्ज २७ घर भएको बर्ष ३८ को जयराम दासले अपहरण गरेका थिए । जयराम दासले बिगत नौ महिनादेखि तिलोत्तमा रैनी खोलामा पुल बनाउने पेटी ठेकेदारको काम गर्दै आएको थिए । सोहीक्रममा ति वालिकाको आमासँग चिनजान भएको थियो । दासले महिलालाई बिवाहको प्रस्ताब राखेकोमा निजले नमाने पछि नाबालिकाको अपहरण गरेको पुष्टि प्रहरीले गरेको छ ।

घरमा पति नभएको र आमा र छोरी मात्र घरमा भएको अबस्थामा उनले जवरजस्ती अपहरण गरी लगेको थियो । प्रहरीले खोजी तीव्र पार्ने क्रममा नाबालिका फेला पारेको हो । बुटवल उपमहानगरपालिका वडा नं.५ स्थित होटल बुटवल प्लाजा एण्ड रेष्टुरेण्टको कोठा नं. १०३ मा लुकाई राखेको अवस्थामा अपहरित नाबालिका फेला पारी उद्धार गरेको छ । अपहरणकर्ता दासलाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width