गाउँपालिका स्तरीय नृत्य

आदर्श समाज सम्वाददाता
असार ११, २०७६
Nacha

लमजुङ,११असार । लमजुङमा गाउँपालिकास्तरीय अन्तर विद्यायल नृत्य प्रतियोगिताको आयोजना गरिएको छ । सो प्रतियोगितामा कल्लाबारी मावि पहिलो भएको छ ।

लमजुङको कर्णाली मानिने सो पालिकाले विद्यार्थीमा रहेको अन्तरनिहीत प्रतिभालाई उजागर गर्नका लागि सो प्रतियोगिताको आयोजना गरेको गाउँपाकिलाकी अध्यक्ष छुपिमाया गुरुङले बताइन् । उक्त नृत्य प्रतियोगितामा आठवटा विद्यालयका विद्यार्थी टोलीले भाग लिएका थिए ।

नृत्य प्रतियोगितामा प्रथम कल्लाबारी मा. वि.का मुना गुरुङ, निषा गुरुङ र सरिना गुरुङको टोली पहिलो भएको निर्णायक समितिका संयोजक निर्णायक संयोजक अन्जना पौडेल बताइन् । उनका अनुसार रामकृष्ण आधारभूत विद्यालयका कामना गुरुङ, सोनिया गुरुङ, करिस्मा गुरुङ र भावना गुरुङको टोली दोस्रो भए । हिमालय मा. वि.का कुश्मा गुरुङ, अमृता गुरुङ, कृष्ण गुरुङ र विक्रम गुरुङको टोली तेस्रो भएको पौडेलले जानकारी दिइन् । त्यस्तै, सानो काभ्रे मा.वि.का उर्मिला गुरुङ, सुमिना गुरुङ, करिस्मा गुरुङ र भावना गुरुङको टिलले सान्त्वना स्थान हासिल गरेको हो ।

गाउँपालिकाले प्रथमलाई १० हजार नगद रुपैयाँ र प्रमाणपत्र, द्वितीयलाई सात हजार रुपैयाँ र प्रमाणपत्र, तृतीयलाई नगद पाँच हजार रुपैयाँ र प्रमाणपत्र, सान्त्वनालाई दुई हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो । विजयी छात्रछात्रालार्ई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले पुरस्कार वितरण गरेका थिए ।

उनले उक्त प्रतियोगितामा सहभागी विद्यालयहरूलाई प्रमाणपत्रका साथ सबै विद्यालयहरूका सहभागीलाई यातायातका साथ खाजा खर्चको समेत प्रवन्ध गरिएको बताए । प्रतियोगितामा भाग लिन आउनेहरूलाई प्रोत्साहन गर्नका लागि भाडा र खाजा खर्च समेतको प्रवन्ध गाउँपालिकाको तर्फबाट गरिएको दुधपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खनालले बताए ।

सो प्रतियोगितामा भाग लिने अन्य विद्यालयमा गौंडा मा. वि., हिमालय मा. वि, बागिश्वरी मा. वि, बाघभैरव आधारभूत विद्यालयका विद्यार्थीहरूले रहेको गाउँपालिकाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width