हिले महोत्सवको तयारी तीव्र

श्रीभद्र पौडेल
असार ११, २०७६
hemja hela mahousab khet photo (1)_Fotor

मंगलवार हिले महोत्सव स्थल तयार गर्दै हेमजावासी। तस्विरःश्रीभद्र पौडेल/आदर्श समाज

देविस्थान सेवा समाजको आयोजनामा यहि असार १५ गते हुने प्रथम हेमजा हिले महोत्सवको तयारी तीव्र पारिएको छ।

महोत्सवका लागि मंगलवारसम्म तिन हल गोरु व्यवस्थापन गरिसकिएको छ भने स्थानीय देविस्थान टोलमा महोत्सव स्थलको तयारी पनि थालिएको छ।

महोत्सवको सह–प्रायोजकमा कृषि विकास निर्देशनालय गण्डकी प्रदेश रहेको महोत्सवका सह–संयोजक कृष्णमान् श्रेष्ठले जानकारी दिए। जसका लागि ३ रोपनी क्षेत्रफल खेत मंगलवार नै तयार गरिएको छ। कृषक हुनुमा गर्व र हर्ष भएको वताउदै युवा पुस्तालाई कृषितर्फ आकर्षण बढाउने, मेहनति किसानलाई प्रोत्साहन गर्ने तथा स्थानीय विष्णुपादुका मन्दिरमा पर्यटकको आगमन बढाउने उद्देश्यका साथ महोत्सव गर्न लागिएको हो।

महोत्सवका संचालनका लागि रु.पाँच लाख ५० हजार खर्च लाग्ने अनुमान पनि गरिएको छ। महोत्सव अन्र्तगत ४० वर्ष माथिको हिले दौड पुरुष, खुल्ला पुरुष हिले दौड, ३० वर्ष माथिको हिले दौड महिला, खुल्ला महिला हिले दौड, पुरुष/महिला रसी तनाई, घैँटो फुटाउने, धान रोप्ने, मिउजिकल बेलुन, हिले नाँच र गोरु दौड प्रतियोगिता आयोजना गरिएको महोत्सवका संयोजक खिमलाल तिम्सिना(अर्जुन)ले जानकारी दिए।

प्रतियोगितामा प्रथम र द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाइएको छ। त्यस्तै लोकदोहोरी तथा हास्य कलाकारका प्रस्तुतिहरु पनि रहने बताइएको छ।

Related News

सम्बन्धित समाचार

  • नागीधार महोत्सव तयारी पूरा

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । मादी गाउँपालिका ८, नागीधार गाउँमा यही ४–६ माघसम्म नागीधार महोत्सव हुँदैछ । मूल आयोजक समिति संयोजक ओमप्रकाश गुरुङले…
  • २६ औं घलेल ल्होछार उत्सव

    आदर्श समाज सम्वाददाता पौष २४, २०८१
    पोखरा । २६ औं घलेल ल्होछार उत्सव अवसरमा घलेलमा आयोजित पुरुषतर्फ भलिबल उपाधिका लागि घान्द्रुक किम्चे गाउँ र धम्पुस लेककुना…
  • प्राधिकरणले विमानस्थल चलाउने कार्ययोजना बनाएन : गुरुङ

    आदर्श समाज सम्वाददाता पौष १४, २०८१
    पोखरा । पोखराको लेकसाइडमा २६ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल…
  • २६ औं पोखरा सडक महोत्सव सुरु

    आदर्श समाज सम्वाददाता पौष १३, २०८१
    पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरा आयोजनामा फेवाताल किनारमा २६ औं पोखरा सडक महोत्सव शनिबारदेखि सुरु भयो ।…
  • सेन्चुरी ल्होसार मेला तयारी

    आदर्श समाज सम्वाददाता पौष १०, २०८१
    पोखरा । सेन्चुरी युवा क्लबले यही ११–१४ पुससम्म ‘२३ औं सेन्चुरी ल्होसार मेला’ आयोजना गर्ने भएको छ । तमु समुदायको…

hero news full width