कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा

एजेन्सी
असार ११, २०७६
Copa America, Urugya vs chile

कोपा अमेरिकाको समूह ‘सी’ को चिली र उरुग्वे तथा जापान र ईक्वेडरको खेल समाप्तिसँगै क्वटरफाइनल समिकरण पूरा भएको छ ।

क्वाटरफाइनलमा उरुग्वेले पेरुसँग प्रतिस्पर्धा गर्नेछ । चिलीले कोलम्बियासँग खेल्नेछ । यसैगरी, आयोजक ब्राजिलले पाराग्वे र अर्जेन्टिनाले भेनेजुएलासँग क्वाटरफाइनल खेल्नेछ ।

कोपा अमेरिका अन्तर्गत मंगलबार विहान भएको खेलमा डिफेन्डिङ च्याम्पियन चिलीले उरुग्वेसँग हार ब्यहोरेको छ । लिग चरणको अन्तिम खेलमा उरुग्वेले डिफेन्डिङ च्याम्पियन चिलीलाई १ं–० गोलले पराजित गरेको हो ।

उरुग्वेको जितमा एडिन्सन काभानीले निर्णायक गोल गरे । काभानीले ८२ औं मिनेटमा हेड गोल गर्दै उरुग्वेको जित पक्का बनाएका थिए । प्रतिस्पर्धात्मक खेलमा चिलीले पनि गोल गर्ने धेरै राम्रा अवसरहरु गुमायो ।

यस जितसँगै उरुग्वे ‘सी’ समूह विजेता बनेको छ । चार टोली सम्मिलित यस समूहमा दुई जित र एक बराबरी नतिजा निकालेको उरुग्वेको सात अंक छ । हार खेपेपनि चिली समूह उपविजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यसअघिका दुई खेल जितेको चिलीले ६ अंक बनाएको छ ।

यसअघि, समूह ‘सी’ कै अर्को खेलमा जापान र इक्वेडरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । जापानले सुरुवाती अग्रता लिएपनि बराबरीमा चित्त बुझाएको थियो । जापानका लागि शोया नाकाजिमाले १५ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

इक्वेडरले ३५ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । इक्वेडरका लागि एन्जल मेनाले गोल गरेका थिए । समूहमा दुई बराबर र एक हारको नतिजा निकालेको एसियाली टोली जापानले दुई अंक बनायो । दुई हार र एक बराबरी खेलेको इक्वेडरले एक अंक बनाएको छ । यस समूहबाट जापान र इक्वेडर प्रतियोगिताबाट बाहिरिएको छ । कोपा अमेरिकामा जापानले आमन्त्रित टोलीको रुपमा खेलेको हो ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width