आइसीसी विश्वकप क्रिकेट : अफगानमाथि बंगलादेशको जित

एजेन्सी
असार ११, २०७६
ICC, Bangladesh

एक दिवसिय विश्वकप क्रिकेटको ३१ औँ खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ ।

२ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ४७ ओभरमा अल आउट हुँदै २ सय रनमा रोकिएपछि बंगलादेश विजयी बनेको हो ।

अफगानिस्तानका लागि समिउल्लाह शिनवारीले सर्वाधिक ४९ रन को योगदान दिए । त्यस्तै, कप्तान ओपनर गुलबद्दिन नाइबले ४७ रन, अर्का ओपनर रामत शाहले २४ रन बनाएका थिए । फितलो प्रदर्शनसँगै अफगानिस्तानले लगातारको सातौँ हार व्यहोरेको छ । त्यस्तै मुस्ताफिजुर रहमानले २, मोहम्मद सैफुद्दीन र मोसाद्देक हसनले समान १ विकेट लिए ।

बंगलादेशका लागि विकेटकीपर मुश्फिकुर रहिमले ८३ रनको योगदान गरे । लिटन दासले १६, अर्का ओपनर तामिम इकवाल अफगानिस्तानका लागि मुजिव उर रहमानले ३, कप्तान गुलवदीन नाइबले २ विकेट, मोहम्मद नाबी र दवालत जदरानले समान १ विकेट लिए ।

यो जितसँगै बंगलादेश ७ खेलमा समान ३ मा जितका साथ ७ अंक बटुल्दै अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width