बालबालिकालाई लक्ष्मी बैंकको सहयोग

आदर्श समाज सम्वाददाता
असार ९, २०७६
20190623_170833 (2)

पोखरा, ९ असार । लक्ष्मी बैंकले पोखरा नगर क्षेत्रका श्रम तथा जोखिममा रहेका बालिकाहरुलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री प्रदान गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै यहाँका विभिन्न विद्यालयमा अध्ययनरत ११ जना छात्रालाई जनही ७ हजार रुपैयाँ बराबरका पोशाक र शैक्षिक सामाग्री प्रदान गरेको हो । बैंकले पोखरा उद्योग वाणिज्य संघद्धारा संचालित बालश्रम न्यूनिकरण कार्यक्रममार्फत ती विद्यार्थीहरुलाई सहयोग गरेको बैंककी पोखरा चिप्लेढुंगा शाखाकी म्यानेजर सुनिता राणाले जानकारी दिइन।

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै बैंकका गण्डकी प्रदेश प्रमुख संजिव मानन्धरले श्रम तथा जोखिममा रहका बालबालिकालाई सहयोग गर्नु समाजको कर्तव्य भएको बताए । उनले सहयोग अभियानलाई निरन्तरता दिने वचन पनि दिए । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले सहयोगलाई प्रचारमुखी हैन कि आत्मसन्तुष्टीसँग जोडेर हेर्नुपर्नेमा जोड दिए ।

बालश्रम न्यूनिकरण कार्यक्रमका अध्यक्ष राजेन्द्रकुमार लालचनले कार्यक्रमले पोखराको औद्योगिक क्षेत्रलाई बालश्रम मुक्त बनाइएको बताउँदै बालश्रम अन्त्यको लागि सबैको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए । बालश्रम न्यूनिकरण कार्यक्रमकी कार्यक्रम संयोजक प्रिति पाण्डेका अनुसार पोखरा उद्योग वाणिज्य संघद्धारा संचालित बालश्रम न्यूनिकरण कार्यक्रमले हालसम्म ७ हजारभन्दा बढी बालबालिकाहरुलाई अनौपचारिक शिक्षा, परिवार पुनर्मिलन, रोजगारीको अवसर सृजनामा सहयोग पु¥याएको छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width