गुठीवारे प्रादेशिक सरकारलाई एकल अधिकार–मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
असार ९, २०७६
Guthi-news

बुटवल ९ असार । गुठीका विषयमा चर्को वहस भैरहेका वेला प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले गुठीको बैज्ञानिक बर्गिकरण आवश्यक रहेको बताएका छन् । उनले गुठीलाई आवश्यकता अनुसार बर्गीकरणतर्फ लाग्न उपयुक्त भएको पनि बताए ।

बुटवलमा आयोजित कार्यक्रममा उनले गुठीको जग्गा तथा सम्पत्ती धेरै तर आम्दानी थोरै रहने अवस्था रहेको टिप्पणी गरे । मुख्य मन्त्री पोखरेलले यसको व्यवस्थापनमा पारदर्शीता र न्यायीकता आवश्यक रहेको बताए । गठीको जर्गेना गर्ने दायित्व सबैको रहेको मन्दै उनले यसका विषयमा सकार गंभीर बनेको पनि बताए ।

कुनै धार्मिक स्थाल, मठ, मन्दिर तथा अन्य कुनै पनि गुठीबाट सञ्चालनमा रहेका निकायहरुको संरक्षण प्रर्वद्धन गर्ने दायित्व प्रदेश सरकारको रहेको भन्दै मुख्य मन्त्री पोखरेलले प्रदेश सरकारको मातहतमा संविधान तह राखिएको कुरामा अनावश्यक रुपमा बहस आवश्यक नभएको पनि बताए । उनले गुठी सम्बन्धी व्यवस्थापनको जिम्मा संविधानतह प्रदेश सरकारको एकल सूचिमा रहेको भन्दै यसमा केन्द्र सरकारमा बहस आवश्यक नभएको बताए ।

उनले गुठी स्म्बन्धी स्पष्ट रुपमा नै संविधानले प्रादेशिक सरकारलाई अधिकार दिएको भन्दै यसमा सरकारले नै स्पष्ट रुपमा प्रदेश सरकारलाई व्यवस्थापनको लागि जिम्मा दिनुपर्ने धारणा राखे ।

प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले केन्द्र सरकारले गुठी व्यवस्थापन सम्बन्धी कानून निर्माण प्रक्रियामा रहेको भन्दै सोही अनुसार नै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने बताइन् ।

कार्यक्रममा गुठी विज्ञ, गुठी संस्थान सञ्चालक समितिका पूर्व अध्यक्ष लक्ष्मण ज्ञवालीले ‘गुठीको संवैधानिक व्यवस्था र सामाजिक टिप्पणी गरेका थिए । उनले गुठीको परिचय, गुठी संस्थानको काम कर्तव्य, गुठीको बर्गीकरण, गुठी सञ्चालनका अभ्यास तथा अवधारणाको विषयमा मन्तव्य समेत राखेका थिए । यस्तै गुठी विज्ञ तथा पूर्व सह–प्रशासक, गुठी संस्थानका हेमराज सुवेदीलेगुठीको परिचय, महत्व, कानुनी प्रवधानको विषयमा कार्यपत्र प्रस्तुत गरको थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width