हटाइएका सुकुम्वासीलाई वैकल्पिक व्यवस्था गर्न माग

आदर्श समाज सम्वाददाता
असार ९, २०७६
dojer aaa

बुटवल ९ असार । नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खँंणले बुटवल उपमहानगरपालिका– १ मा डोजर लगाई स्थानीय १६ घर परीवारलाई बिस्थापित गराएको प्रति दुख व्यक्त गर्दै तत्काल बैकल्पिक व्यवस्था गर्न माग गरेका छन् ।

उनले विस्थापित १६ परिवारलाई तत्काल वैकल्पिक बसोबासको व्यवस्था गर्न माग गरे । नेता खाँणले बिस्थापितको बैकल्पिक बसोवासको व्यवस्था नगरे काग्रेस आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् । नेता खाँणले बिस्थापित परिवारले गरेको शान्तिपूर्ण धर्नाप्रति समर्थन जनाउदै नेपाल सरकार र सत्तारुढ दललाई यस्ता जनबिरोधी काम नगर्न सुझाव दिएका छन् ।

संसदीय दलका प्रमुख सचेतक खाँणले एक बिज्ञप्ति प्रकाशित गरी बर्षादको समयमा बर्षौंैदेखि बस्दै आएका घर परिवारलाई बिस्थापित गर्नु मानवअधिकार र सामाजिक न्याय बिपरीत भएको उल्लेख गरेका छन् ।

बुटवल–१ स्थित रजा ए मुस्तफा मस्जिद अगाडि २ कठ्ठा बढी जग्गामा २०२८ सालदेखि बस्दै आएका १६ परिवारका टहरा उपमहानगरले दुई हप्ता अघि डोजर लगाएर भत्काइदिएको थियो । त्यसपछि घरविहीन भएकाहरु वैकल्पिक व्यवस्थाको माग गर्दै अनसनमा बसिरहेका छन् । सोमवार उनीहरुको अनसन ११ दिनमा पुगेको छ ।

अदालतमा मुद्दा चलेको र अन्तिम फैसला नहुंदै उपमहानगरले बलपूर्वक वर्षादको समयमा आफूहरुलाई घरविहीन बनाएर अन्याय गरेको भन्दै उनीहरुले न्यायको माग गरेका छन् । तत्कालिन स्वर्गीय श्री ३ बडामहारानीको जग्गाले चर्चेको उक्त स्थानमा उपमहानगरपालिकाले ४० लाख लागतमा कभर्डहल बनाउने भन्दै शीलान्यास गरेको छ ।

नगरपालिकाको यो कदको चौतर्फि आलोचना पनि शुरु भएको छ । बुटवलमा क्रियाशील राजनीतिक दलहरु, मानवअधिकार कर्मी तथा संघ संस्थाहरुले मानवीय व्यवहार प्रर्दशन गर्न नगरपालिकालाई आग्रह गर्दै तत्काल वैकल्पीक व्यवस्था गर्न नगरपालिकालाई आग्रह गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग