सवारी दुर्घटनामा दुई युवाको मृत्यु

आदर्श समाज सम्वाददाता
असार ८, २०७६
Bus accident in Agusan del Norte

बुटवल ८ असार । रुपन्देहीको सैनामैनामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना नगरपालिका वडा न.६ कलौनीमा गएराति करिब १ बजेको समयमा महेन्द्रनगरबाट काठमान्डौ तर्फ जादै गरेको ना ७ ख ५९४८ नम्बरको बसले विपरित दिशातर्फ गैरहेको लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक र सवार एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिए ।

प्रहरीका अनुसार मोटरसाइकललाई बसले ठक्कर दिएपछि मोटरसाइकलको ट्याङर्कीमा आगो लागेको थियो । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार दुर्घटनामा मृत्यु भएका दुवैजना दाङ लमहीका रहेका छन् । दाङ लमही वडा नं ३ का काशी चौधरी र मानवबाहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भिमलाल भट्टराईले बताए ।

उनका अनुसार दुवैजनाको उमेर २५ देखि ३० वर्ष बीचको रहेको छ । दाङ लमहीका मजदुरहरु राति बुटवलवाट काममा जान लागेको बेला दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । उनीहरुका अभिभावकहरुलाई खवर गरिएको र शव पोष्टमाटमका लागि बुटवलको प्रदेशिक अस्पतालमा राखिएको छ ।

मृतक दुवै जनालाई पोष्टमार्टमका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । ठक्कर दिने बस सहित चालक सालझण्डी प्रहरीको नियन्त्रणमा रहेको छ ।घटना सम्बन्धी थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ । सोहि स्थानमा एक दिन अघि मात्रै पनि दुर्घटना भएको थियो । जिपको ठक्करवाट एक जना साईकल यात्रीको मृत्यु भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै