दुर्घटनामा २० घाइते

रासस
असार ७, २०७६
6WWEmnpxRscvMR8kgPQC

चितवन, ७ असार । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा शनिवार दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना७ख ९०७ नं को बस र महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ३०९९ नं को बस आपसमा ठोक्किएका हुन । घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width