लागुऔषध सहित ३ पक्राउ

आदर्श समाज सम्वाददाता
असार ७, २०७६
fast-facts-about-the-war-on-drugs

नवलपरासी । पूर्वी नवलपरासीमा प्रहरीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

डण्डा चोरमारा बीच जंगलमा पर्ने कावासोती १६ चालिस किलो मिटर बीच जंगलमा चेक जाँचको क्रममा ३ जनालाई लागु औषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।

प्रहरीका अनुसार लु १ ख ८८९९ नम्बरको बसमा संकास्पद गति विधिको आधारमा चेकजाँच गर्दा गैडाकोट ६ बस्ने १८ बर्षीय विनो विक र २२ बर्षीय पूर्णमान श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट फेनारगन १४ एम्पुल, नुफिन १४ एम्पुल र डाइजेपाम सेरिजेक १४ एम्पुल बरामद गरेको छ ।

त्यसैगरी लु १ ख २५१ नम्बरको बसमा सवार पाँचथरको तुम्वेवा गाउँपालिका १ घर भई हाल काठमाडौं १६, सोह्रखुट्टेमा बस्दै आएका २० बर्षीय कबिर योन्यनलाई पक्राउ गरेको छ । उनको साथबाट निट्राभेट १० नामक लागुऔषध ४ सय ३३ ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेको ३ जना विरुद्ध म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी लु १ ख २५१ नम्बरको बसमा सवार पाँचथरको तुम्वेवा गाउँपालिका १ घर भई हाल काठमाडौं १६, सोह्रखुट्टेमा बस्दै आएका २० बर्षीय कबिर योन्यनलाई पक्राउ गरेको छ । उनको साथबाट निट्राभेट १० नामक लागुऔषध ४ सय ३३ ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width