कर्भडहल निमार्ण झ्न विवादित

आदर्श समाज सम्वाददाता
असार ७, २०७६
ansan aaa

बुटवल ७ असार । बुटवल १ मा रहेको रजा ए मुस्तफा मस्जिद गेट अगाडि खाली ठाउँ नछाडी कर्भड हल बनाउन लागेको विरोधमा मुस्लिम समुदायले अनसन सुरु गरेका छन् ।

उनीहरुले पार्किङ क्षेत्र छुट्याएर मात्रै कभर्ड हल बनाउन माग गर्दै शुक्रबारदेखि मस्जिद गेटमै अनसन थालेका हुन् । पूर्वसांसद हाजि नजिर मियाँको नेतृत्वमा संघर्ष समिति नै बनाएर अनसन सुरु भएको हो ।मुस्लिम अगुवाहरुले मस्जिद च्यापिने गरी कभर्ड हल नबनाउन आग्रह गरे । मियाले समयमै आफूहरुको माग सम्बोधन नभए कडा आन्दोलन गर्ने बताए ।
यसअघि उनीहरुले यही माग राखेर बुटवल उपमहानगरपालिकामा ज्ञापन पत्र समेत बुझाएका थिए ।

१६ परिवार १० दिनदेखि अनसनमा

बुटवल उपमहानगरपालिकाले कभर्ड हल बनाउन भन्दै स्थानीयको घर भत्काएपछि १६ घरपरिवार अनसनमै छन् । अनसनको शनिबार दिन पुगेको छ । उनीहरुले आफूहरुलाई न्याय दिलाइदिन अपील गरेका छन् ।अहिले निर्माणाधीन कभर्डहल नजिक दुईथरिको अनसन छ । गएराती पानी परेपछि उनिहरुको विचल्ली भएको छ ।

एकातिर विस्थापित परिवारको भने अर्काेतिर मुस्लिम समुदाय धर्नामा बसेका हुन् । सो जग्गामा ०२८ सालदेखि बस्दै आएका १६ परिवारका टहरा उपमहानगरले डोजर लगाएर भत्काइदिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width